कास्की,पोखरा
सस्तो, सुलभ, बैज्ञानिक प्रविधिको विकास गरौं, भन्ने नारा सहित डिप्लोमा ईन्जिनियर्स एशोसिएसन नेपाल (डिन), कास्कीले शुक्रबार ११ औं जिल्ला अधिवेशन सम्पन्न गरेको छ । पोखरा सभागृह चोकस्थित मिड टाउनको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कामेश्वर प्रसाद सिंहले डिप्लोमा ईन्जिनियर्सको हक अधिकारसँगै पेशालाई मर्यादित बनाउनु पर्नेमा जोड दिए । अनुसन्धानमा आधारित ईन्जिनियरिङ्ग ज्ञान तथा प्रविधिको साझेदारीका लागि संयुक्त रुपमा कार्यशाला, गोष्ठी, सम्मेलन गर्न नास्ट र डिन विच सहकार्य भएको र यो सहकार्य नेपालका डिप्लोमा ईन्जिनियरहरुको क्षमता विकास गर्न, ईन्जिनियरिङ्ग संरचना तथा वातावरण व्यवस्थापनका लागि रणनीति, निर्देशिका तथा आचार संहिता निर्माणका लागि निकै फलदायी भएको छ अध्यक्ष सिंहले बताए ।
कृष्णप्रसाद जमरकट्टेलको अध्यक्षता सम्पन्न जिल्ला अधिबेसनले डिप्लोमा ईन्जिनियर्स एशोसिएसन नेपाल (डिन) कास्कीको जिल्ला कार्य समितिको अध्यक्षमा अनिल प्रसाद आचार्य, उपाध्यक्षमा शिशिर सुवेदी, सचिवमा संकल्प ढुंगाना, सह(सचिवमा कृतिक जगन्नाथ लामिछाने, कोषाध्यक्षमा प्रकाश बिसुराल र सदस्यहरुमा बिनोद केसी, सरोज पौडेल र सुमन अधिकारी सर्वसहमतिबाट चयन गर्यो। कार्यक्रमका अतिथि डीनका केन्द्रिय सदस्य दर्पण पोख्रेलले नयाँ कार्य समितिलाई शुभकामना व्यक्त गरे।