Home » पोखरा १९ मा एमाले झन् बलियो, उमेद्वारलाई भ्याई नभ्याई

पोखरा १९ मा एमाले झन् बलियो, उमेद्वारलाई भ्याई नभ्याई

by Pokhara City

पोखरा, २३ वैशाख ।
स्थानीय तहको मतदानको मिती नजिकिँदै गर्दा पोखरामा चुनावी सरगर्मी बढ्दै गएको छ । एमालेको गढको रूपमा चिनिएको पोखरा १९ मा एमालेका उमेद्वार मात्र नभई नेता कार्यकर्ता पनि पछिल्लो १ सातादेखि घरदैलो अभियानमा सक्रिय भएका छन् । वडाध्यक्षका प्रत्यासी इमानराज पौडेल, सदस्य विकास आचार्य, दुर्गादेवी बस्नेत, नवराज केसी र कल्पना सुनारसहितका नेता कार्यकर्ताले आज बिहान अकला मन्दिरबाट घरदैलो सुरू गरेका थिए । घरदैलोका क्रममा ८० वर्षीया वृद्धाले उमेद्वारलाई आर्शीवाद दिंदै, एमाले आफ्नै सन्तान बराबर भएको र यसैमा आफूले मतदान गर्ने बताइन् ।

एमाले प्रदेश कमिटीका सदस्य शोभामोहन पौडेल, बलराम भण्डारी, उमनाथ गौतम, वडा इन्चार्ज सुरेन्द्रमानसिंह भण्डारी, नेता हिमलाल पौडेल, लेखनाथ पौडेल, लक्ष्मी अधिकारी, गीता तिवारी, युवा नेता महेन्द्र अधिकारी, अर्जुन अधिकारी, रमेश सुनार, बाबुराम सुनार लगायतले लामाचौरको विभिन्न क्षेत्रमा घरदैलो गरेर एमालेको पक्षमा मत मागेका छन् ।
शनिबार मेयरका उमेद्वार कृष्ण थापा उपमेयरका उमेद्वार मञ्जुदेवी गुरूङ सहित घरदैलो र सभा गरिने प्रचार समितिले जनाएको छ

You may also like