पोखरा, २३ वैशाख ।
नेपाली काग्रेस पोखरा ७ को घरदैलो कार्यक्रम अन्तिम चरणमा छ । शनिबार रत्नचोक , राष्ट्र बैंक चोक,मुस्ताङ्ग चोक , अन्नपुर्ण र माछापुच्छ्रे टोलमा घरदैलो गरे पछि मतदाता शिक्षामा केन्द्रित हुने निर्वाचन परिचालन कमिटिका संयोजक एवम नेपाली कागे्रस पोखरा ७ का सभापति नविन राज बरालले बताए ।
घरदैलोका क्रममा पोखरा ७ का वडावासीहरुले आफुलाई थुप्रै गुनासो सुनाएको अध्यक्षका उम्मेदवार राम मोहन आचार्यले बताए । हामी हेरक टोल अनि जनजनका समस्या र गुनासा सुन्दै हिडेका छौं त्यसैले नै हामीलाई घरदैलो सक्न केहि दिन बढि लाग्यो । हाम्रो जितको नजिक छौं , विगतको स्थानिय सरकारले गरेको कमि कमजोरी दोहोरिन दिदैनौं । वडामा विभेद रहित दिगो विकास गर्न ,वडा कार्यलयमा सुशासन र पारर्दर्शीता कायम राख्न आफु प्रतिवद्ध रहेको आचार्यले बताए । विगतको सरकारले गरेको विभेदकारी व्यवाहारले वडावासीहरु उदास छन् । हामी वडावासीको उदासीपनलाई हटाउन आतुर छौं , उनले बताए । जनप्रतिनिधि भइसकेपछि कसैलाई राजनितिक आस्थाकै कारण विभेद नगर्ने, वहिष्करणमा नपार्ने उनले सुनाए ।
विगतमा टोल विकास संस्था समन्वय समिति पोखरा ७ को संयोजक रहेर काम गरेका सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तित्व राम मोहन आचार्यलाई नेपाली काग्रेस पोखरा ७ ले वडा अध्यक्षको उम्मेदवारको रुपमा अगाडि वढाएपछि वडावासीहरु उत्साहित छन ।
राम मोहन आचार्यको नेतृत्वमा महिला सदस्यमा विनिता अधिकारी बराल , दलित महिला सदस्यमा पुर्ण कुमारी नेपाली , खुल्ला सदस्यमा अजित कार्की ९रुद्र० र विष्णु सवेदी उम्मेदवार रहेका छन।