पोखरा, २३ वैशाख ।
नेपाली कांग्रेसका महासमिति सदस्य विरेन्द्र नारायण विजुक्छेले पोखरा महानगरपालिका वडा नं ८ मा यसपटक नेपाली कांग्रेससहित पुरै गठबन्धन टिमको जित सुनिश्चित रहेको बताउनुभएको छ । शुक्रबार नेपाली कांग्रेस पोखरा महानगरपालिका ८ को चुनावी कोणसभालाई सम्बोधन गर्दै कांग्रेस महासमिति सदस्य एंव कोणसभाका प्रमुख अतिथि बिजुक्छेले बैशाख ३० गते हुन गईरहेको स्थानिय तह निर्वाचनका लागि घरदैलो र चुनावी प्रचार प्रसारमा जुन उत्साह देखिएको छ त्यसलाई हेर्दा ८ मा गठबन्धनको जित निश्चित रहेको बताउनुभएको हो ।
नेकपा एमालेको नेतृत्व यो पाँच वर्षमा महानगरमा खाली हावादारी गफ, भ्रष्टाचार, कर आतंक, घुसखोरी लगायतमा व्यस्त रहेर महानगरका प्रत्येक वडामा विकास पुर्वाधारका कामलाई लथालिङ्ग बनाउनमा केन्द्रित भएकाले अब त्यसलाई व्यवस्थित गर्नका लागि कांग्रेससहितको गठबन्धनले जित्नु आवश्यक भएकोमा उहाँको जोड थियो । उहाँले भन्नुभयो, “महानगरका प्रत्येक वडाका लागि १ करोड २० लाख बजेट आउँछ त्यो कहाँ गयो? कसैलाई थाहा छैन्, गतिला योजना केही छैनन् मात्र भ्रष्टाचार व्याप्त छ, ५ वर्ष केही काम पनि गतिलो भएन एमाले केबल गफाडी पार्टी हो, काम गर्ने पार्टी भनेको मात्र नेपाली कांग्रेसको हो ।” काम गर्ने पार्टी, विकास गर्ने र सम्बृद्धि ल्याउने पार्टी कांग्रेस भएकाले आफ्नो अमुल्य मत अरु कसैलाई नभई कांग्रेसलाई मत दिन सम्पुर्ण वडावासी मतदाताहरुलाई आग्रह पनि गर्नुभयो । एमालेको पक्षमा मतदान गरे महानगर र वडावासी पछुताउनुपर्ने भन्दै वडा र महानगरको भविष्य सपार्न, परिवर्तनको सुन्दर यात्रा तय गर्नका लागि गठबन्धनका मेयर, उपमेयर, वडाध्यक्षका उम्मेदवारहरुलाई जिताउन आग्रह आग्रह गर्नुभयो ।
कोणसभामा आफ्ना भनाई राख्दै वडा ८ का सदस्य कृष्णमान ठुसाजुले गठबन्धन रहर नभई बाध्यता भएको भन्दै केपी ओली सरकारको निरंकुश शैली, दम्म, संघीय गणतन्त्रमाथिको हस्तक्षेप, भ्रष्टाचारका विरुद्ध यो गठबन्धन बनेको बताउनुभयो । वडामा एमालेको नेतृत्व रहंदा फिर्के खोलाको मापदण्डमा जालसाझी गरि घटाउनेबढाउने गरेको, जम्मा ७५ प्रतिशत मात्रै काम भएको भन्दै यति २०७४ को निर्वाचनमा कांग्रेस जित्थ्यो भने ९० प्रतिशत काम हुने उहाँको दाबी थियो । अब तिनै अधुरा योजनालाई मुर्त रुप दिई सहि ठंगले कार्यान्वयन गर्नकालागि र विषेशगरि महिलाका हक अधिकारका सवाल सशक्त तवरमा काम गर्नका लागि भए पनि उहाँ अहिले महिलाको नेतृत्वमा रहेको टिमलाई इमान्दारिताका साथ मतदान गरेर जिताउन आग्रह गर्नुभयो । वडामा रहेका महिला दिदीबहिनीहरुले मात्रै भोट दिने हो भने पनि शारदा गिरीको गठबन्धनको टिमले जित्नेमा उहाँको विश्वास थियो ।
कार्यक्रममा आफ्ना भनाई राख्दै स्थानिय तह निर्वाचनका लागि वडा ८ का अध्यक्ष पदका उम्मेदवार शारदा गिरीले आफूलगायत आफ्नो टिमलाई अमुल्य मत दिई जिताउन आग्रह गर्दै वडामा आफुलगायत आफ्नो टिमले जितेमा गर्न बांकी रहेका कामलाई पुरा गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । साथै उहांले पुरानो एमाले नेत्तृत्वको टोलीले विषेशगरि महिलाका लागि केही नगरेको भन्दै आफु पनि महिला भएको र अझ त्यसमा पनि एकल महिला भएर पनि हर काम गर्न सक्ने आँट र दृढ अठोट रहेकाले आफ्नो मत दिएर जिताउनु अनुरोध गर्नभयो । आफ्नो टिमले जितेर आए वडामा कुनै गुनासो र प्रश्न चिन्ह् नउठ्ने गरि आफ्नो घोषणापत्रमा गरिएका प्रतिबद्धता पुरा गर्ने पनि उहाँको प्रतिबद्धता थियो । वडामा अध्यक्षमा गिरीसहित महिला सदस्यमा देवीमाया चालिसे, दलित महिला सदस्यमा माया नेपाली, खुल्ला सदस्यमा कृष्ण प्रसाद श्रेष्ठ र गठबन्धनको तर्फबाट नेकपा माओवादीका दामोदर सिग्देल उम्मेदवार रहनुभएको छ ।
गणेश भैरव टोल कार्यसमितिका सभापति राम कुमार श्रेष्ठको सभापतित्वमा भएको कोणसभामा नेपाली कांग्रेस महासमिति सदस्य शोभियत बहादुर अधिकारी, कांग्रेस महाधिवेशन प्रतिनिधि एवं महिला विभाग केन्द्रिय सदस्य मिलन थापा, नेपाली कांग्रेस ८ का सभापति रमेश बराल, पुर्व वडा सभापति दामोदार चालिसे वडा सदस्य पुष्पराज सिग्देल, नेकपा (एकीकृत समाजवादी) वडा ८ का अध्यक्ष मिन प्रसाद भट्टराई, तरुण दलका नेता, विभिन्न आमा समुह, ८ नं वडाका सम्पुर्ण टोल विकास समितिका अध्यक्षहरुलगायतको उपस्थिति रहेको थियो ।
यसका साथै गणेश भैरव टोलमा भएको कोणसभामा नेपाली कांग्रेसको सिद्धान्त मन परेकाले नेपाली कांग्रेसमै लाग्नुपर्छ भनेर सन्तोष कुंवर र सुनिता श्रेष्ठ कुँवर नयाँ सदस्यता लिएर कांग्रेसमा प्रवेश गर्नुभएको थियो । उहाँलाई वडा सभापति रमेश बरालले खादा माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस वडा ८ का सचिव रामेश्वर अधिकारीले गर्नुभएको थियो ।