पोखरा, २३ बैशाख ।
स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा नेकपा एमाले पोखरा २८ द्धारा घरदैलो कार्यक्रमसंगै मतदाता शिक्षामा जोड दिएको छ । मतदान केन्द्रमा पुगेर मतदाताले खसालेको मत बदर नहोस भन्ने मुख्य उदेश्यका साथ घरदैलोसंगै मतदाता शिक्षामा जोड दिइएको हो ।
हातहातमा नमूना मतपत्र लिएर मतदाताको घरदैलोमा पुगेका एमाले कार्यकर्ताले मतदाता परिचयपत्र लिएर केन्द्रमा जान र स्वस्तिक छाप लगाउने तरिका सिकाउदै ढुक्कसंग मतदान गर्न अनुरोध गरिएको एमाले पोखरा २८ का वडाअध्यक्षका उम्मेदवार बैनबहादुर गुरुङले जानकारी दिनुभयो ।
घरदैलो कार्यक्रमका क्रममा साविक माझठानाको वडा नं. ६ बाँस्तोला गाउँको नेटामा भेटिनु भएका उहाँले शिक्षा र पर्यटनको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
शिक्षा क्षेत्रमा सोचे जस्तो प्रगति प्राप्त गर्न नसकेको बताउँदै उहाँले भन्नुभयो आफुले वडाअध्यक्ष पदमा विजयी भएसंगै युवालाई स्वदेशमा रोजगारी सिर्जना गर्ने खालाको शिक्षा प्रदान गर्न पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पाँच बर्षको अवधिमा पोखरा २८ को विकास निर्माणले फड्को मारेको उल्लेख गर्दै गुरुङ भन्नुहुन्छ कतिपय अधुरा काम पुरा गर्न आप्mनो उम्मेदवारी भएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो मनोरम हिमश्रृखला, झरना र तालतलैयाको दृश्यावलोकन गर्न सकिने पर्यटनको प्रचूर संभावना बोकेको पोखरा २८ लाई पर्यटकीय हवका रुपमा विकास गर्दै स्थानीयवासिन्दाको आयआर्जनसंग जोडने लक्ष्य छ ।
एमालेले सो वडामा वडाअध्यक्ष बैनबहादुर गुरुङ, महिला सदस्य राधिका पौडेल, दलित महिला सदस्यमा सरु विश्वकर्मा र खुल्ला सदस्यव्दयमा विरेन्द्र भण्डारी र प्रकाश दवाडीलाई उम्मेदवार बनाएको छ । साविकको माझठाना र कालीकालाई समेटेर बनेको पोखरा २८ मा पार्टीले घरदैलोसंगै मतदाता शिक्षालाई तिब्रता दिएको अम्बिका बुढाथोकिने जानकारी दिइन ।