Home » एमालेबाट पोखरा ६ का वडाध्यक्षका उमेद्वार भट्टराईलाई पौडेलको साथ

एमालेबाट पोखरा ६ का वडाध्यक्षका उमेद्वार भट्टराईलाई पौडेलको साथ

by Pokhara City

पोखरा, २३ वैशाख ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पोखरा ६ मा एमालेका उमेद्वार विष्णुबहादुर भट्टराईलाई पूर्व जिविस सभापति तथा पूर्व फेवा सिमसार सीमा समितिका प्रमुख पुण्यप्रसाद पौडेलले साथ दिने भएका छन् । यतिबेला पौडेल अध्यक्षका प्रत्यासी भट्टराईको लागि भोट माग्दै उक्त वडाका विभिन्न टोलमा घरदैलो कार्यक्रममा जुटिरहेका छन् ।


पूर्व जिविस सभापति तथा पूर्व फेवा सिमसार सीमा समितिका प्रमुख पौडेलले घेरैदैलो कार्यक्रममा नेकपा एमालेको जस्तो उमेद्वार अन्य पार्टीसंग नभएको दावी गरे । विकास निर्माणको खाका एमालेले मात्र सम्पन्न गर्ने उनको दावी थियो । कार्यक्रममा उनले समृद्ध नेपालका लागि एमालेलेलाई भोट दिएर जिताउन समेत टोलवासीसंग अनुरोध गरेका छन् । पौडेलले निर्वाचनमा जितिसकेपछि समेत आम वडावासीको समस्या बुझ्न हरेक उमेद्वार हरेक घरमा आउने दावी गरे । ‘प्रायलाई एउटै गुनासो हुन्छ, भोट माग्ने समयमा घर–घरमा आउने जनप्रतिनिधि चुनाव जितेपछि फर्केर आउँदैनन् ।’ उनले भने, ‘तर चुनाव पछि समेत एमालेका जनप्रतिनिधि जनताको समस्या सुन्न र त्यसलाई समाधान गर्न तपाईंको घर–घरमा आउने छन् ।’
वडामा एमालेका तर्फबाट एमालेका प्रत्यासी भट्टराईले आम मतदातासंग आर्शीवाद लिएका छन् । अग्रजबाट सिकेर नै आफूलेवडावासीका लागि काम गर्ने उनको भनाई छ ।

घरदैलो कार्यक्रममा अध्यक्षका प्रत्यासी भट्टराईसहित एमालेको तर्फबाट महिला सदस्यका उमेद्वार जमुना पराजुली पहारी, दलित महिला सदस्यका उमेद्वार राममाया विश्वकर्मा, खुल्ला तर्फ पुरुष सदस्यका उमेद्वार दीपेन्द्र पहारी तथा बासुदेव बराल सहभागी थिए ।
आजको घरदैलो कार्यक्रम बसन्तबैठकबाट सुरु भएर लालुपाते मार्ग, बाराही मार्ग, शुभकामना मार्गका बाँकी भाग हुँदै हल्लनचोकमा पुगेर सम्पन्न भएको पार्टीका वडाध्यक्ष बलराम पहारीले जानकरी दिएका छन् ।
भोलि शनिबार समेत वडाका बाँकी रहेका स्थानमा घरदैलो कार्यक्रमलाई निरन्तरात दिइने वडाकी पार्टी सचिव उमा भण्डारीले जानकारी दिएकी छिन् ।

You may also like