Home » मतदाता भन्छन वडा कार्यालय अगाडिको बाटोको खाल्डो नदेख्ने कांग्रेसले बिकास कसरी गर्छ

मतदाता भन्छन वडा कार्यालय अगाडिको बाटोको खाल्डो नदेख्ने कांग्रेसले बिकास कसरी गर्छ

by Pokhara City

पोखरा २३ वैशाख ।
वडा अगाडिको सडकको खाल्डा नदेख्ने कांग्रेसलाई भोट दिन नहुने पोखरा १० का मतदाताहरुले वताएका छन । जनप्रतिनिधी भएर गएको पांच वर्ष पुग्दै गर्दा वडाको अगाडिको सडक हेरेर कांग्रेसलाई जिताएमा बिकास गर्छ कि गर्दैन भन्ने त्यहीबाट प्रमाणित भएको समेत उनीहरुको भनाइ रहेको छ । नेकपा एमाले पोखरा १० को घरदैलो कार्यक्रममा मतदाताहरुले एमालेका उमेदवारहरुले जितेर पोखरा १० मा बिकासको लहर छाउने समेत आग्रह गरेका छन ।


एमालेको सरकार रहदा मुलुकमा बिकासको लहर छाएको भएतापनि वडा नम्बर १० का जनताले बिकासको अनुभव गर्न नसकेको पूर्व वडा अध्यक्ष समेत रहेका मनविर गुरुङ ९ढासा० ले वताए । गुरुङले आफुलाई तत्कालिन वडा अध्यक्ष रहदा आफुलाई कांग्रेसले नागरिकता बेचेर आएको आरोप लगाएको वताउदै आफुले अहिले आफ्नो घरको मान्छ्ेले नागरिकता बनाउनका लागी ५ दिन दुख दिएको समेत वताए । कहिले आमा लिएर आइजा कहिले छोरा लिएर आइजा कहिले बाउ लिएर आइजा भनेर दुख दिने जनप्रतिनिधीहरुलाई भोट दिएर जनताले दुख पाउनु हुदैन ।

त्यसैगरी उनले गठबन्धनलाई तोड्नुपर्ने वताए । गठबन्धन भनेको अहिलेको परमादेशी सरकार जोगाउनका लागी कार्यकर्तालाई दुख दिने काम भएको उनको भनाइ रहेको थियो । घरदैलो कार्यक्रममा अधिकांश मतदाताहरुले कांग्रेसबाट चुनिएर गएकाहरुले वडाभित्र केही काम गर्न नसकेको गुनासो सुनाएका छन ।

मतदाता समक्ष पुगेका एमालेका वडा अध्यक्ष पदका उमेदवार पवित्रादेवी गुरुङले अन्य पार्टीहरुलाई पोखरा १० मा यो भन्दा अगाडि जनप्रतिनिधी बनाएर पठाइसकेको र यो पटक ८० प्रतिशत महिला भएको आफ्नो टीमलाई भोट दिएर एकपटक वडा हाक्ने अवसर दिन आग्रह गरेकी छिन । वडाको बिकास गर्न आफ्नो टीम प्रतिवद्ध भएर लाग्ने समेत उनले वताइन । वडा नम्बर १० को घरदैलो कार्यक्रम तीब्र रुपमा अगाडि वढाएको छ ।

You may also like