Home » धनराज पुग्दा पोखरा ३३ सुनसान, स्थानीय भन्छन्, ‘हाम्रो भोट सूर्यलार्ई’

धनराज पुग्दा पोखरा ३३ सुनसान, स्थानीय भन्छन्, ‘हाम्रो भोट सूर्यलार्ई’

by Pokhara City

पोखरा, २४ वैशाख ।
वैशाख ३० स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा पोखरामा चुनावी सरगर्मी बढेको छ । नेकपा एमाले पोखरा महानगर वडा नं ३३ ले आफ्नो चुनावी अभियान तीव्र पारेको छ । सयौं स्थानीयको उत्साहजनक सहभागितामा घर दैलो तीव्र पारिएको हो । सो क्रममा वडाका पानी ट्यांकी, शिवबस्ती, सिप्लिङतरा कालिकास्थान लगायतका ठाउँमा घरदैलो तथा कोणसभा सम्पन्न भएका छन् ।

भेटघाटका क्रममा स्थानीयले आफूहरु झुटा आश्वासन बाड्ने अवसरवादीको पछि नलागि विकासको हिमायती पार्टी नेकपा एमाले नै आफ्नो रोजाई भएको बताएका छन् ।

कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य विद्या भट्टराईले जन–जनको रोजाई विकास र एमाले भएको हुँदा स्थानीयलाई विचलित नभएर सूर्यमा भोट हाल्न आग्रह गरिन् ।

एमाले गण्डकीका उपसचिव रश्मि आचार्यले व्यक्तिगत स्वार्थको लागि आफ्नो आस्था नै समाप्त गरि झुटा आश्वासनका पछि कोही नलाग्ने भन्दै सो वडाको विकासका लागि विगतमा आफ्नो पार्टीका जनप्रतिनिधिले गरेका काम सुनाए । उनले स्वार्थी अनेक रुपले दल फेर्दै घर दैलोमा आए पनि जनमतले नै त्यसको जवाफ दिने बताएका छन् ।

सो अवसरमा वडाको एमालेका प्रत्यासी उमेद्वार अध्यक्ष शिवप्रसाद आचार्य, महिला सदस्य शान्ति पाध्या, दलित महिला सदस्य लिलादेवी नेपाली, सदस्य बिनोद भण्डारी र शंकरबहादुर अधिकारीले सो क्षेत्रमा भएका विकास निर्माणका कामको प्रकाश पार्दै आगामी कामको योजना प्रस्तुत गरेका थिए ।
यसैबीच गठबन्धनका तर्फबाट पोखराको मेयर पदका प्रत्यासी धनराज आचार्य घर दैलोका क्रममा जन्मस्थल गैरागाउ पुग्दा गाउँनै पुरै सुनसान देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । आचार्य भोट माग्न पुगे पनि करिब १ दर्जन व्यक्तिसंग मात्रै कोण सभा गरेर फर्किएको स्थानीय सुजन आचार्यले बताए ।
उनले अवसरवादी खेलमा लागि पार्टी नै समाप्त गर्ने षड्यन्त्र गर्ने, खेल खेल्ने झुण्डलाई पोखरा ३३ का बासिन्दाले राम्रो चिनेको र त्यस्तालाई भरत पोखरीवासीको साथ नहुने बताएका छन् ।

You may also like