Home » वडा नम्बर २ मा नेपका एमालेका उम्मेदवारले घरदैलो कार्यक्रमलाई तिब्रता

वडा नम्बर २ मा नेपका एमालेका उम्मेदवारले घरदैलो कार्यक्रमलाई तिब्रता

by Pokhara City

पोखरा, बैशाख२५ ,

पोखरा महानगरपालिका वडा नम्बर २ मा नेपका एमालेका उम्मेदवारले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । एमालेका तर्फबाट वडाअध्यक्षका उम्मेदवार दिपक शाह , खुल्ला सदस्य जनार्दन सुवेदी र मंगल साई , महिला सदस्य उर्मिला पराजुली र दलित महिला सदस्य हरिमाया परियार मतदाताको घरघरमा पुगेर मत माग्न व्यस्त छन् । कांग्रेसका उम्मेदवारले घरदैलो कार्यक्रम अन्र्तगत सोमबार बिहानै देखि मिरूवा लगायतका क्षेत्रका घरघरै पुगेर मत मागेका हुन् । चुनावी माहोल तातेको बेला एमाले उम्मेदवारहरुलाई जिताउन नेता तथा कार्यकार्ता साथ दिएका थिए ।
मतदाताको घरदैलोमा पुगेका वडाअध्यक्षका उम्मेदवार शाहले बहुमत दिएर जिताए पोखरा २ लाई नमुना वडा बनाउने प्रतिवद्धता जनाएका छन् । टोलटोलमा पुगेर मतदाता संग भेटघाट गर्दै शाहले स्थानीयको विविध समस्या समाधानका लागि आफुँलाई जिताउन जरुरी रहेको बताए । लामो समय राजनितिमा क्रियाशिल शाहले अबको राजनिति वडामा केन्द्रित रहने भन्दै युवालाई विकास कार्यको नेतृत्व दिन आग्रह गरे ।

You may also like