पोखरा ,२५ बैशाख
ने क पा (एमाले) ले बैशाख ३० गतेको स्थानिय तहको निर्बाचनलाई केन्द्रीत गरि बैशाख २६ गते भोलि पोखरामा बृहत् चुनाबी सभा गर्न लागेको छ ।उक्त सभालाइ एमाले अध्यक्ष केपि ओलिले सम्बोधन गर्नेछ्न। भोलि पोखराको अमरसिंह चौरमा बिहान ११ बजे हुने सभाको तयारी अन्तिम चरणमा पुगेको एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए। ओलि सङ्गै केन्द्रिय नेताहरुले सम्बोधन गर्ने सभामा उपस्थित हुन सबै कास्किबासी जनसमुदायमा एमालेले अपिल गरेको छ।