पोखरा २, जेठ ।
नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारीले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन लागेको भन्दै विभिन्न संचार माध्यमहरूमा सार्वजनीयक समाचारहरूप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले केही व्यक्तिगत वार्ताहरूमा अनावश्यक रूपमा आफ्नो नाम लिई गरिएका क्रियाकलापहरूप्रति घोर भत्र्सना गर्दै आफ्नो स्वकीय सचिव भनेर संचारमाध्यमहरूमा प्रचारित मनोज पहारी भन्ने व्यक्ति समयको कुनै पनि कालखण्डमा आफुसँग सम्बन्धीत नरहेको र सचिवालयमा कार्यरत नभएको बताएका छन् । उनले सामाजिक सञ्जाल लगायतका सञ्चार माध्यमहरूमा प्रकाशित÷प्रसारित अडियो रेकर्डमा असम्बन्धीत मान्छेले नाम उच्चारण गर्दैमा सत्यतत्थ नबुझी हचुवाको भरमा समाचार जानकारी सम्प्रेसण नगर्न आग्रह गरेका छन् ।
गण्डकी प्रदेशका प्रदेश सभा सदस्य समेत रहेका पहारीले पार्टी प्रति इमान्दार र बफादार रही निरन्तर पार्टीको बिजयका निम्ती अहोरात्र खटी रहँदा समेत आफ्नो चरित्रहत्या गर्ने नियोजित षड्यन्त्र राखी प्रचारबाजीमा उत्रनेलाई चुनौती दिदै सो आरोप प्रमाणित भएमा जस्तोसुकै सँजायपनि भोग्न तयार रहेको बताएका छन् । उनले षड्यन्त्रको हल्ला फिजाउँन सक्रियहुने जोसुकै भएपनि छानविन गरी कडा भन्दा कडा कारवाही गर्न आफ्नो पार्टीलाई आग्रह गर्दै निराधार हल्ला र भ्रमको पछि नलाग्न आम जनसमुदायलाई अपिल गरेका छन् ।
विज्ञप्तिको पूर्ण पाठः
प्रेस विज्ञप्ती
मितिः २०७९÷०२÷४
दुई तिन दिन अगाडी देखि केहि अनलाइन र न्युजपोष्टले सामाजिक सन्जालमा म संग जोडेर केहि विषय सार्वजनिक भएको घटना प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । पोखरा महानगरको निर्वाचनमा पार्टीको पक्षमा जित हाँसील गराउनका लागि निर्वाचन सम्बन्धी जिम्मेवारी पुरा गर्न अहोरात्र लागिरहेकोे एउटा सिपाहीलाई मिथ्या कुराहरु जोडेर यसरी कपोलकल्पित आरोप लगाउनु मेरो चरित्र हत्या गर्ने प्रपन्च बाहेक अरु केहि होइन । अडीयो संवादमा कुरा गरेका भनिएका मनोज पहारी मेरो सचिवालयमा वा सहयोगीको रुपमा कहिल्यै नरहेको तथ्य समेत जानकारी गराउँदछु । यसर्थ उहाँले गरेको संवादसंग मलाई जोड्न खोज्नु नियोजित हिसावले मलाई फसाउने षड्यन्त्र वाहेक अरु केहि होइन भन्ने मेरो ठम्याई छ ।
यो अडियो प्रकरण मलाई कमजोर पार्ने मनसायले चालिएको असत्त कदम हो भन्ने कुरा पुष्टि हुने एक होइन अनेकौ आधारहरु छन् । बजारमा कसैले नियोजित हल्ला चलाउँदैमा यथार्थ नबुझी त्यसको पछि लागी पार्टी जिवनसंग जोडेर त्यसलाई प्रचारित गर्ने प्रवृत्ति आफैमा खतरनाक छ । तसर्थ जिम्मेवारीमा नरहेका दुई ब्यक्तीका निजि सम्वादलाई मुद्दा बनाएर राजनीतिलाई अपराधिकरण गर्ने यस्ता प्रवृति प्रति सजगता अपनाउन र यस्ता अफवाहहरुको पछि नलाग्न समग्र पार्टी पंक्ति र मेरा शुभचिन्तक समक्ष म हार्दिक अपिल गर्दछु ।
पार्टी जिवनको तीन दशकको भन्दा बढीको यात्रामा पार्टीले दिएका हरेक जिम्मेवारीलाई मैले इमान्दार एवं कुशलतापूर्व सम्पादन गरेको सर्वविदितै छ । यो लामो यात्रामा म जहिलेसुकै पार्टी हित र संस्थागत निर्णयको पक्षमा लागिरहेको एक वफादार सिपाहिको हिसावले म माथि लगाउन खोजिएको आरोप पुष्टि गर्न चुनौती समेत दिन चाहन्छु । यस विषयमा पार्टीले छानविन कमिटि बनाई सत्य तथ्य पत्ता लगाई यथार्थ विवरण सार्वजनिक गर्न समेत अनुरोध गर्दछु । पार्टीको छानविनमा मेरो कुनै रौं वराबर पनि कमजोरी फेला परेमा जुनसुकै सजाय भोग्न तयार रहेको प्रतिवधता ब्यक्त गर्दछु ।
राजिव पहारी
केन्द्रीय सदस्य
नेकपा (एमाले)
एवं कास्की सह—इन्चार्ज तथा प्रदेश सभा सदस्य, गण्डकी प्रदेश
९८५६०२३०२२