Home » सिर्जना आलोकको १६औ अङ्क लोकार्पण

सिर्जना आलोकको १६औ अङ्क लोकार्पण

by Pokhara City

पोखरा
साहित्य शृङ्खला पोखराले सिर्जना आलोकको १६ औ अङ्क प्रकाशन गरेको छ। उक्त कार्यक्रममा साहित्य शृङ्खलाको २३६औ रचना वाचन गर्नुका साथै जनताका कवि गोकुल जोशीको सम्झनामा उनको जीवनीबारे लेखक भीम रानाभाटले स्पष्ट पार्नु भएको थियो। उक्त १६औ सिर्जना आलोकको समीक्षा गर्दै प्रा.यादवराज उपाध्यायले सिर्जना आलोकभित्र केही कमी कमजोरीहरु भएको औल्याउदै यिनमा सुधार गर्दै जनस्तरमा चेतना फैलाउने कार्य यसरी नै गरिरहोस भन्ने शुभकामना दिनुभयो।

कार्यक्रममा विष्णु अल्पविराम ,मुमताज बराल ,लक्षमण हिमाली ,सावित्री गिरी, नारायण परिश्रमी ,ढुण्डिराज ज्ञवाली, कल्याण पन्त, छविलाल आचार्य ,माधव खतिवडा ,लक्ष्मी प्रसाद पौडेल, गोपाल प्रसाद अधिकारी र लीला पण्डितले रचना वाचन गर्नुभएको थियो। रक्तिम परिवारका केन्द्रिय अध्यक्ष नारायण शर्माले देशमा राजनीतिक परिवर्तन भए पनि जनताका समस्या जस्ताको तस्तै छन् तसर्थ अझै जनता जगाउन आवश्यक रहेकोले प्रगतिशील कला साहित्यमा जोड दिनु आवश्यक रहेको विचार व्यक्त गर्नु भयो। रक्तिम परिवारका सदस्य उदय रिजालको सुरिलो स्वरमा घन्किएको जनवादी गीतले माहोललाई भावुक बनाएको थियो।

उक्त कार्यक्रममा संगम सांस्कृतिक मञ्चले पनि सास्कृतिक प्रस्तुति राखेको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव काजी गाउँलेले गर्नुभएको थियो। संस्थाका अध्यक्ष लक्ष्मी थापाले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो।

You may also like