Home » अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

by Pokhara City

काठमाडौं, ११ जेठ
सर्लाही, ब्रहमपुरी गाउँपालिका ४ त्रिभुवननगर झिलपुल जाने बाटोबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ हजार २ सय १५ ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बागमती नगरपालिका ११ बस्ने २१ वर्षीय रोहित वोट र सोही ठाउँ बस्ने २० वर्षीय रोशन शर्मा रहेका छन् । भारतबाट नेपालतर्फ आउदै गरेको प्र.२ (०३(००६ प ९२२९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बारा, कलैया उपमहानगरपालिका १० मटिअर्वा पुरानो चौक स्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन ४ सय एम्पुल, डाईजेपाम ४ सय एम्पुल र नुर्फिन ४ सय एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका १ भवानिपुर बस्ने ४२ वर्षीय निर्वान मियाँ र सोही उपमहानगरपालिका ६ मदर्शा टोल बस्ने ४० वर्षीय ओसी अहमद रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको ना।८ प ७७५५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर लागूऔषध मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका १३ राजपुरबाट करिब ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित गोदावरी नगरपालिका ५ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका २ ट्राफिक चोकबाट करिब ४ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डडेल्धुरा आलिताल गाउँपालिका(३ बस्ने २७ वर्षीय भरत महरा, धनगढी उपमहानगरपालिका १२ बस्ने २३ वर्षीय पुरन विक र डोटी गैरा घर बताउने २३ वर्षीय मोहन ओली रहेका छन् । उक्त स्थानमा भरत महरालाई प्रहरीले १ सय मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा अन्य २ जना संलग्न रहेको खुल्न आएपछि पुरन र मोहनलाई धनगढी उपमहानगरपालिका(४ बाट थप ३ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

धनकुटा, साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट करिब ७ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सजित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा नगरपालिका(१ बस्ने १८ वर्षीय किशोर र सोही नगरपालिका(३ बस्ने २२ वर्षीय मिसेक राई रहेका छन् । तेह्रथुम शुक्रबारेबाट धरानतर्फ जाँदै गरेको को।१ ख ५१०५ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका ८ कालो पुलबाट करिब १० ग्राम ७२ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित बेलौरी नगरपालिका ८ कलकत्ता बस्ने २३ वर्षीय दिनेश चौधरी समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको सु।प।प्र।०२(००३ प ३९९३ नम्बरको मोटरसाइकल र एक साइकल समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

You may also like