Home » एशियन फोरमद्धारा एक हजार छात्रालाई पुनःप्रयोग गर्न सकिने सेनीटरी प्याड वितरण

एशियन फोरमद्धारा एक हजार छात्रालाई पुनःप्रयोग गर्न सकिने सेनीटरी प्याड वितरण

by Pokhara City

पोखरा

दक्षिण कोरिया स्थित हाना नानुम फाउण्डेसन र वी फ्रेन्ड्सको आर्थिक सहयोग र एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च (एशियन फोरम) को व्यवस्थापनमा कास्की र स्याङ्जाका एक हजार छात्राहरुलाई पुनः प्रयोग गर्न मिल्ने सेनीटरी प्याड वितरण गरेको छ ।

हेल्थ सपोर्ट एण्ड प्रोमोसन प्रोग्राम अन्र्तगत कास्कीका कालिका मावि, नवप्रभात मावि र स्याङ्जा फेदीखोला–३, आरुखर्कको जनआदर्श मावि गरी ३ विद्यालयका कक्षा ७ देखी ११ सम्म अध्ययनरत एक हजार भन्दा वढि छात्राहरुलाई सेनीटरी प्याड तथा माक्स वितरण गरिएको थियो ।

प्याड वितरणसंगै उनिहरुलाइ पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक शुशिल शर्मा भट्टराईले किशोरावस्तामा छात्राहरुको स्वास्थ्य समस्या र समाधानका विषयमा सचेतना तालिमको सहजीकरण गरेका थिए ।

साथै उक्त विद्यालयहरु सहित सहारा वाल आवि पोखरा ९, भगवती आवि पोखरा २२ गरी ५ विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार केही विद्यार्थीहरुलाई नगद छात्रवृत्ती प्रदान गरिएको एशियन फोरमको व्यवस्थापनमा गरिएको फोरमका लेखा तथा प्रसाशन प्रमुख एकलाल न्यौपानेले बताए ।
तिन दिनसम्म हरेक विद्यालयमा गइ संचालन गरिएको सो कार्यक्रममा एशियन फोरमका निवर्तमान केन्द्रिय अध्यक्ष निरज थापा, केन्द्रिय उपाध्यक्ष मेनका पौडेल, सदस्य जुम गुरुङ, मिरा पौडेल, गिता लामिछाने, गण्डकी प्रदेश अध्यक्ष लक्ष्मण वानिया, सचिव कृष्ण रानाभाट, कोषाध्यक्ष उमाकान्त पराजुली, जिल्ला अध्यक्ष तीलक थापा, कोषाध्यक्ष पार्वती पौडेल, सदस्य किरण गुरुङले सहजीकरण गरेका थिए ।

कार्यक्रममा सम्वन्धित वडाका जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

You may also like