Home » तारा एयरको जहाज लेते र टुकुचेको बीचमा दुुर्घटनामा परेकाे आशंका

तारा एयरको जहाज लेते र टुकुचेको बीचमा दुुर्घटनामा परेकाे आशंका

by Pokhara City

जहाजमा ३ चालक दल, २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु

माधव बराल
पोखरा, १५ जेठ

पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज सम्पर्क विहीन भएको छ । बिहान पोखरा विमानस्थलबाट ९ बजेर ५५ मिनेटमा उडेको ९ एन एइटी कलसाइनको जहाज सम्पर्क विहीन भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए । उनका अनुसार पोखरा विमानस्थलको टावरले जोमसोम टावरलाई जहाज हस्तान्तरण गरेको थियो ।

जोमसोम टावरसँग सम्पर्क भएको केही समपछि जहाज सम्पर्क विहीन भएको सुवेदीले बताए । जहाजमा चालक दलका ३ सदस्यसहित २२ यात्रु थिए । यात्रुमा २ जना विदेशी, ४ जना भारतीय नागरिक र १३ जना स्वदेशी यात्रु रहेका थिए । प्रभाकर घिमिरेले उडाएको जहाज बिहान १० बजेर १५ मिनेटमा जोमसोम अवतरण हुनुपथ्र्याे । पोखरा जोमसोम हवाइ रुटको घोरेपानी क्षेत्रबाट सम्पर्क विहीन भएको प्रारम्भिक अनुमान छ ।

जहाज सम्पर्क विहीन भएपछि खोजीका लागि हेलिकोप्टर उडिसकेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले बताएको छ । पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दर थकालीका अनुसार मुस्ताङको लेते र टुकुचेको बीचमा जहाज दुर्घटनामा परेको आंशका गरिएको छ ।

Symbolic picture

सवार चालक दलको सदस्यहरु :-

१.क्याप्टेन प्रभाकर घिमिरे

२. उत्सव पोखरेल

३. एयर होस्टेज क्रिष्टी थापा

यात्रुहरु :-

१. बान्देकर वैसवी

२.इन्द्रबहादुर गोले

३.पुरुषोत्तम गोले

४.राजनकुमार गोले

५.मेइक ग्रीटग्राफ

६.बसन्त लामा

७.गणेश नारायण श्रेष्ठ

८.रवीना श्रेष्ठ

९.रश्मी श्रेष्ठ

१०.रोजिना श्रेष्ठ

११.प्रकाश सुनुवार

१२.मकरबहादुर तामाङ

१३.राममाया तामाङ

१४.सुकुमाया तामाङ

१५.तुलसादेवी तामाङ

१६.अशोककुमार त्रिपाठी

१७.धनुश त्रिपाठी

१८.ऋतिका त्रिपाठी

१९.वी विलनर

You may also like