Home » नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

by Pokhara City

पोखरा

कास्की जिल्लामा वसोवास गर्ने नागरिकता वा अन्य कुनै परिचय खुल्ने पत्र नभएका व्यक्तिहरुलाई नौलोघुम्ती नेपालले अभिभावकत्व प्रदान गर्दै कोरोना खोप लगाईएको छ ।

नौलो घुम्ती नेपालको आयोजना तथा प्राबिधिक सहयोग कम्युनिटि सपोर्ट ग्रुपको कार्यालय ढिकालेथरमा भएकोे खोप कार्यक्रममा १८ बर्ष देखि ६५ वर्ष उमेर सम्मका सर्वसाधारणले फाइजर, मोड्र्ना, जोनसन, कोभिसिल्ड, एस्ट्रजेनिका खोप लगाएका छन् ।

कम्युनिटी सपोर्ट ग्रुप (सिएसजि) का सचिव मनोज गुरुङले राज्यले एचआईभी संक्रमितहरुको लागि सम्बोधन नभएको बेलादेखि नै आवाज उठाउदै आएको वताए ।

पहिलो चरणमा ४१० जना र दोस्रो चरणमा ४१० जनाले खोप लगाएकामा विहिबार र शुक्रबार २ दिन सम्म संचालन हुने खोप कार्यक्रममा वढ्न सक्ने नौलोघुम्ती नेपालकी कास्की जिल्लाको कोभिड १९ सेस्पोन्स प्रोग्राम अफिसर रुविना अधिकारीले वताइन् । तेश्रो चरणको कार्यक्रममा पहिलो डोज खोप पनि नलगाएका व्यक्तिहरु पनि आउन थालेकोले वढ्न सक्ने उनको भनाई थियो ।

जिल्ला स्वास्थ्य कार्यलय कास्की, पोखरा महानगर स्वास्थ महाशाखा, एआरटी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, कम्युनिटी सपोर्ट ग्रुप, स्टार चिल्ड्रेन, महिला मञ्च कास्कीको समन्वयमा एचआईभी रोग प्रतिरोधात्मक औषधी प्रयोग गरिरहेका र हालसम्म पनि कोरोना विरुद्धको खोप नलगाएकाहरुलाई विहिबार तेश्रो चरणको खोप लगाइएको छ ।

सो कार्यक्रममा जिल्ला स्वास्थ कार्यलयका शान्ता बास्तोला र हुमा ढकाल, नौलो घुम्ती नेपालका रुबिना अधिकारी र तेजेन्द्र महत, कम्युनिटी सपोर्ट ग्रुप (सिएसजी) का इश्वरी तिमिल्सिना, नवीन कुमार रावत, हरिमाया गुरुङ र सुकु परियारले सहजीकरण गरेका थिए ।

You may also like