Home » हिमाली साँस्कृतिक परिवारले संगीत दिवसमा साँस्कृतिक साँझ गर्ने

हिमाली साँस्कृतिक परिवारले संगीत दिवसमा साँस्कृतिक साँझ गर्ने

by Pokhara City

हिमाली साँस्कृतिक परिवारले संगीत दिवसमा साँस्कृतिक साँझ गर्ने
प्रमुख संरक्षक कार्कीको स्मृतिमा कक्ष नामाकरण

पोखरा, २० जेठ
रजत जयन्ती वर्षको विविध कार्यक्रम गरिरहेको हिमाली साँस्कृतिक परिवारले साँगितिक साँझ २०७९ कार्यक्रम आयोजना गर्ने भएको छ।
बि.सं.२०५४ सालमा नेपाली लोक सँस्कृति बचाऔं नाराका साथ स्थापित पोखरा महानगरपालिका वडा नं.९ पुरानो बसपार्कस्थित कार्यालय रहेको हिमाली साँस्कृतिक परिवारले विश्व संगीत दिवसको अवसर एवम रजत वर्षको सन्दर्भमा आउदो असार ७ गते पोखरामा साँगितिक साँझ आयोजना गर्ने भएको हो। संगीत दिवसलाई सँस्कृतिमय बनाउन हिमाली साँस्कृतिक परिवार साँस्कृतिक साँझ आयोजना गर्ने निर्णय गरेको हो। उक्त साँझलाई हिमाली साँस्कृतिक परिवारको पारिवारिक पुर्नमिलनको रुपमा समेत अगाडि बढाउने जनाइएको छ।

यसरी नै रजत वर्षकै सन्दर्भमा हिमाली साँस्कृतिक परिवारले स्वर्गाीय प्रमुख संरक्षक चेतन कार्कीको स्मृतिमा कक्ष नामाकरण गर्ने भएको छ। कोभिडका कारण गतवर्ष दिवंगत हुनुभएका वरिष्ठ लोक सँस्कृतिकर्मी, साहित्यकार, चलचित्रकर्मी, गीतकार परिवारका प्रमुख संरक्षक कार्कीको सम्मानमा हिमाली साँस्कृतिक परिवारले कार्यालय भवनमा रहेको नृत्य प्रशिक्षण कक्षलाई चेतन कार्की स्मृति कक्ष नामाकरण गर्ने भएको हो। परिवारले सधै स्वर्गाीय कार्कीलाई स्मरण गर्न र नृत्य÷गायन प्रशिक्षार्थी एवम कलाकारहरुले सधै उहाँबाट आर्शिवाद पाइरहनु भन्ने उद्धेश्यले स्मृति कक्ष नामाकरण गर्ने निर्णय गरिएको हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले जानकारी दिनुभयो।

कोभिडकै कारण स्वर्गीय हुनुभएका परिवारका अध्यक्ष मेनकाजी गुरुङ र उहाँको धर्मपत्नी मिरा गुरुङको स्मृतिमा उहाँहरुको विद्यार्थीहरुबाट हालै मेनकाजी मिरा स्मृति कक्ष निर्माण गरी उद्घाटन गरिएको छ।

कोभिडका कारण हिमाली साँस्कृतिक परिवारले संस्थाको प्रमुख संरक्षक चेतन कार्की, अध्यक्ष मेनकाजी गुरुङ लगायत विशिष्ट व्यक्तित्वहरुलाई गुमाउनुपरेको थियो। 

You may also like