गणेश पहारी ।
पोखरा जेष्ठ २१ ।
होटल प्रतिनिधि समाज पोखराको अध्यक्षमा पुन शन्त कुमार महतो दोहोरीएका छन । शनिबार भएको समाजको २४ औ साधारण सभा तथा १२ औ अधिवेशनले आगामि २ बर्ष को लागि महतोको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समाजको बरिष्ठ उपाध्यसक्षमा सन्तोष काफ्ले, प्रथम उपाध्यक्षमा हरिलाल शर्मा तिमिल्सिना, दित्तिय उपाध्यक्षमा जिबराज उपाध्याय चयन भएका छन् । यस्तै महासचिवमा माधब लम्ुसाल, सचिब सन्तोष देवकोटा, कोषाध्यक्षमा पुरुषोत्तम न्यौपाने, सहकोषाअध्यमा दिपेन्द्र अर्याल चुनिएका छन् ।
यस्तै सदस्यहरुमा केशव नेपाली, शभ्भु प्रसाद पौडेल, खेमानन्द अर्याल, शिब प्रसाद अधिकारी, निरज अधिकारी, प्रबिन बि.क र बिकास दाहाल निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता नारायण प्रसाद पौडेलले जानकारी दिए ।
अधिबेशनको उद्घाटन गदै पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष तथा समाजका सल्लाहकार लक्ष्मण सुबेदीले पोखरालाई प्रर्यटनको राजधानि घोषण गर्ने नेपाल सरकारलाई आग्रह गरेका छन । होटल प्रतिधिनिहरु प्रत्यक्षरुपमा प्रर्यटकका दुत भएकाले पोखरालाई कस्तो पर्यटककीय क्षेत्र बनाउनेमा होटल प्रतिनिधिहरुको महत्वपूर्ण भुमिका हुने हुदा होटल संघ यहाँहरु सगँसगै हातेमालो गर्दै अघि बढ्ने सुनाए । प्रतिनिधि समाज होटल संघको अभिन्न अंग भएको हुनाले समाज र होटल संघ को सम्बन्ध नङ र मासु जस्तै हुनु पर्ने कुरामा जोड दिए । कोभिड १९ले पर्यटनमा पारेको असरको बारेमा सरकारबाट कुनै सहयोग नपाएको गुनासो गर्दै संघ र प्रदेश सरकार सगँ पर्यटन ब्यवसायिहरुका लागि हित हुने नयाँ योजना ल्याउन आवाज उठाउने प्रतिबद्धता ब्यक्त्त गरे ।
संस्थाका पूर्व अध्यक्ष तथा पोखरा महानगर पालिका वडा न ६का वडा सदस्य दिपेन्द्र पहारीले होटल प्रतिनिधिहरु पर्यटकका राजदुत भएकाले पोखराको बारेमा पर्यटकलाई सकरात्मक सन्देश दिन आग्रह गरे । पोखरा महानगर पालिका प्रतिनिधि समाज सँग सहकार्य गरि अघि बढ्ने विश्वास दिलाए ।
अध्यक्ष शन्त कुमार महतोको सभा अध्यक्षतामा भएको कार्यक्रममा निबर्तमान अध्यक्ष राजकुमार गुरुङ, महासचिब माधब लम्साल, सल्लाहकार रामचन्द्र आर्चाय, कोषाअध्यक्ष पुरुषोत्तम न्यौपाने र कार्यक्रम संयोजक सन्तोष काफ्ले लगाएतका बक्ताहरुले आफ्ना भनाई राखेका थिए ।
महासचिब माधब लम्सालले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाअध्यक्ष पुरुषोतम न्यौपाने प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभाले सर्वसम्र्मत पास गरेको थियो ।