Home » जेष्ठनागरिकको स्वास्थ्य परिक्षण र खाद्यान्न बितरण

जेष्ठनागरिकको स्वास्थ्य परिक्षण र खाद्यान्न बितरण

by Pokhara City

पोखरा, जेष्ठ २७
पोखरा महानगरपालिका वडा नं. १७ सितापाईला स्थित पोखरा बृद्धाश्रमका जेष्ठनागरिकको शुक्रबार स्वास्थ्य परिक्षण र उनिहरुलाईं खाद्यान्न बितरण गरिएको छ ।

एमाले निकटको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको १७ औं स्थापना दिवशको अवसर पारेर गण्डकी प्रदेश र कास्की जिल्ला कमिटीको आयोजनामा आश्रममा रहेका ४८ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरी औषधी बितरण गरिएको महासंघका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका सहइञ्चार्ज बालकृष्ण लामिछानेले जानकारी दिए ।

जेष्ठ नागरिकको उच्च रक्तचाप, मधुमेह लगायतको परिक्षण गरी औषधी बितरण गरिएको लामिछानेले बताए ।
यसैगरी आश्रममा रहेका जेष्ठ नागरिकलाई खाद्यान्न र तरकारी समेत बितरण गरिएको थियो ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कास्की जिल्ला अध्यक्ष चिरञ्जीवी तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सचिव लक्ष्मण बसौला, केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश सहइन्चार्जद्धय बालकृष्ण लामिछाने र हरिलाल आचार्य, केन्द्रिय सदस्य रेखा थपलिया, प्रदेश उपाध्यक्ष विनिता दाहाल लगायतले कार्यक्रममा विभिन्न परिस्थितिका कारण आश्रममा पुगेका जेष्ठ नागरिकको संरक्षणमा राज्यले विशेष भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका थिए ।

उनिहरुले जेष्ठनागरिक ज्ञान र संस्कृतिको खानी भएका कारण उनिहरुका अनुभवलाई पुस्तान्तरण गरिनु पर्नेमा समेत जोड दिएका छन् ।

You may also like