पोखरा
मिति २०७९।०२।२५ गते अन्दाजी १६:३० बजेको समयमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.९ नागढुङ्गा स्थितबाट जिल्ला स्याङजा पुतलीबजार नगरपालिका वडा नं.८ बस्ने वर्ष २५ को बिराज हमाल, ऐ.ऐ. ४ बस्ने वर्ष २६ को देवान्स थापा र जिल्ला स्याङ्जा आँधिखोला गाउँपालिका वडा नं.३ बस्ने वर्ष २० को मनिष पौडेलको साथबाट लागू औषध डाईजापाम ७० एम्पुल, फेनेरागन १२० एम्पुल, नुर्फिन– ९५ एम्पुल गरी जम्मा २८५ एम्पुल र मोबाईल थान ४ सहित बरामद भएको हुँदा निजहरूलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जनाएको छ।
previous post