असार(३, पोखरा
मनसुन जन्य विपद्का घटनामा उद्दार कार्यलाई प्रभावकारी बनाउन तिनवटै सुरक्षा निकायको समन्वयमा नेपाल प्रहरी सशस्त्र प्रहरी गण मुख्यालय पोखरा र गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङमा एकसाथ खोचमा खसेको घाईतेको उद्दार तथा उद्दार पश्चात प्राथमिक उपचार सम्बन्धि संयुक्त अनुशीक्षण तालिम उद्घाटन सम्पन्न भएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रुपमा प्रदान गरीने उक्त तालीमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक कृष्णहरी शर्माले गर्नुभयो ।
कार्यक्रम उद्घाटन पश्चात तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई निर्देशन गर्नुहुदै प्रहरी वरिष्ठ उपरिक्षक शर्माले विपद जुनसुकै समयमा पनि आईपर्न सक्ने भएकाले यसको सामना गरी उचित व्यवस्थापनको लागि आवश्यक श्रोत साधन सहित मानसिक र शारीरिक रुपमा तयार रहिरहनुपर्ने बताउनुभयो । यसका साथै वहाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी नाममा फरक भएपनि विपद्को अवस्थामा सबैको उद्देश्य एउटै आफू सुरक्षित भएर घाईतेको उद्दार गर्नुपर्ने हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा तालीम संयोजक सशस्त्र प्रहरी गण पोखराका प्रहरी नायव उपरिक्षक दिपक के।सी ले तालिमको उद्देश्य र कार्यतालिका प्रस्तुत गर्नुभएको थियो । उक्त तालिममा सशस्त्र प्रहरी गण मुख्य कार्यालय पोखरा र विपद् व्यवस्थापन गुल्म बाग्लुङमा गरी नेपाली सेनाका १० जना, नेपाल प्रहरीका ४० जना र सशस्त्र प्रहरी बलका १० जना प्रशिक्षार्थीहरु गरी जम्मा ६० जनाको सहभागीता रहेको छ । ३ दिन सम्म सञ्चालन हुने उक्त तालिमको अन्तिम दिन गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा खोचबाट घाईतेको उद्दार तथा प्राथमिक उपचार सम्बन्धि नमुना अभ्यास समेत प्रदर्शन गरिने छ ।