Home » कर्णालीका विद्यार्थीलाई पोखराका विद्यार्थीले किताब कापी लैदिदै

कर्णालीका विद्यार्थीलाई पोखराका विद्यार्थीले किताब कापी लैदिदै

by Pokhara City

पोखरा, ७ असार

पोखराका केही युवा विद्यार्थी मिलेर कर्णाली प्रदेशका विभिन्न विद्यालयका विद्यार्थीलाई पुस्तक अभियान चलाएका छन् । पोखरामा पुराना र नयाँ पुस्तक संकलन गरेर उनीहरुले वितरणका लागि कर्णाली लैजान लागेका हुन् । कक्षा १२ को परीक्षा सकेपछि उनीहरु यो अभियानमा लागेका । उनीहरुलाई भाईबैहिनीले समेत सघाएका छन् ।

एजुकेट नेपाल नारा दिएर उनीहरुले अभियानलाई अगाडी बढाएको अभियानका सदस्य देव भुजेलले बताए । उनी सगँ स्मित लामिछाने, कृष्ण पौडेल, प्रदिप भट्टराई, सन्चिता थापा, विवस रिजाल, सुशान पौडेल, निदेश महत र गौरी भुजेल रहेका छन् ।

उनीहरुले पोखरा संकलन गरेका किताब कापी कर्णालीको कालिकोटका विभिन्न गाउँपालिकाका विद्यालयका विद्यार्थीलाई वितरण गर्ने अभियानका सदस्य स्मित लामिछानेले बताए । उनीहरुल कक्षा ५ देखी १० सम्मका विभिन्न विषयका किताबहरु ४ हजार संकलन गरे उनले बताए । संकलन गरेका किताब, कापी र कपडा मंगलबार बिहान लिएर उनीहरु कर्णाली हिड्का छन् ।
र्
समाचारहरुमा किताब नपाएर विद्यार्थीहरु पढ्न नपाएको सुनेका थियो,’ अभियानका सदस्य देव भुजेलले भर्ने कक्षा १२ को परीक्षा दिएर सकिने वित्तिकै अभियान सृुरु गरेका हौ ।’ अभियान थाहापाए पछि सबैले खुसी हुदै सहयोग गरेरको भुजेलले बताए । उनले कसैले किताब, कपि, कपडा र नगद समेत सहयोग गरेको बताए ।

संकलन भएका सबै किताब, कापी र कपडा सम्बन्धीत विद्यार्थीलाई नै दिने अभियानका अर्का सदस्य कृष्ण पौडेलले बताए । ढुवानीका लागि मात्रै १ लाख रुपैया भन्दा बढि खर्च लाग्ने उनले बताए । किताब कापी मात्रै नभएर नगद पनि सहयोग गरेका कारण ढुवानीका लागि लाग्ने खर्च समेत उठेको बताए । उनले पोखरा गौरीघाटमा रहेको होटल रानीबन अर्किटले व्यवस्थापन होटल पार्टनका रुपमा सहयोग गरेको बता

You may also like