पोखरा १० असार
पोखराको लायन्स क्लव अफ पोखरा टुरिजम सिटीले सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्र्तगत सामुदायिक विद्यालयका विद्यार्थीलाई पोशाक तथा झोला वितरण गरेको छ । पोखरा–३१ सुन्दरीडाँडा स्थित अरुणज्योती आधारभुत विद्यालयमा अध्ययनरत ५० जना छात्र छात्राका लागि स्पोर्टस ट्रयाक सुट तथा स्कुल व्याग सहयोग गरेको हो ।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष एकराज गिरीले आफुले अक्षर चिनेको स्कुलमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँले सामुदायिक स्कुललाई सबैले अपनत्व ग्रहण गरि गुणस्तरिय शिक्षा प्रदान गर्ने गरि शिक्षामा स्तरोन्नती गर्नुपर्ने बताउनुभयो ।
अरुणज्योती विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीरेन्द्र ढकालले २०७२ सालको भुकम्पले क्षति पुर्याएको स्कुलमा सामाजिक संस्थाहरुकै सहयोगमा भौतिक पुर्वाधार निर्माण गर्न सकिएको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र पौडेल, मनिनेस ग्रुपका प्रकाश सुबेदी , क्लबका पुर्व अध्यक्ष सुदिप पौडल, निरज पन्त, लगायतले बोल्नुभएको थियो । क्लबका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सन्जय मल्लले गर्नुभएको थियो ।
कार्यक्रममा मनिनेस ग्रुपले सहकार्य गरेको थियो । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष विष्णुबावु खड्का, विनय थापा, पदम पाण्डे, रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जका मार्केटिंग म्यानेजर निराजन पौडेल, सुन्दरीडाँडा प्रहरी चौकीका इन्चार्ज गणेश सिंह ऐर लगायतको उपस्थिती रहेको थियो।