पोखरा
कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा गण्डकी प्रदेश सतरीय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले पोखरा रंगशाला स्थित ब्याडमिन्टन कभर्ड हलमा प्रतियोगिताको आयोजना गरिएको हो ।
चार विधामा संचालन गरिएको प्रतियोगिताको पहिलो दिन महिला तर्फको क्वाटरफाइनल खेल सम्पन्न भएका छन् । महिला तर्फको एकल विधामा कास्कीकी अनु राना, दिलासा राना, आयुष्मा नेपाल र आकृति केसी सेमिफाइनलमा प्रवेश गरेकी छिन् । यस्तै डबल्स तर्फ कास्कीकी दिलिसा राना र यमकुमारी गुरुङको जोडी, कास्कीकै मेनुका गुरुङ र आयुष्मा नेपालको जोडी, आकृति केसी र अनुरानाको जोडी तथा कास्कीकी माया पुन र तनहुँकी रुवी श्रेष्ठको जोडि सेमिफाइनलमा प्रवेग गरेको छ ।
दुई दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य राजेश गुरुङले गरे । उनले उद्घाटन पश्चात बोल्दै नवौं लक्षित प्रतियोगिता हुनु निकै महत्वपुर्ण कुरा रहेको बताए । उनले १३ औं सागमा ब्याडमिन्टन हल बनाउन सफल भएको र आज त्यहि प्रतियोगितामा प्रतियोगिता हुदाँ खेलाडीको खेल कौशलमा समेत वृद्धि हुने बताए । उनले गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वज कुमार गुरुङले ३ लाख बजेटको पंखा राख्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै यसले ब्याडमिन्ट खेलको विकासमा थप इट्टा थप्ने काम गरेको भनाई राखे । उनले खेलाडीले खेल खेल्न नपाउने अवस्थामा यसरी खेल हुदाँ खेलाडीको खेल प्रदर्सनीमा समेत ठुलो प्रभाव पर्ने बताए । यस्तै अब चाडैनै मदनभण्डारी स्पोट्र्स एकेडेमीले समेत ब्याडमिन्टन प्रतियोगिताको आयोजना गने प्रतिबद्धता ब्यक्त गरे ।
सोहि क्रममा बोल्दै खेल संयोजक अमृत पोख्रेलले प्रतियोगिताले खेलाडीको खेल स्तर वृद्धि गर्न मद्धत पुग्नेमा आशावादी रहेको बताए । उनले २ दिनका लागि प्रतियोगिता गर्नु समय थोरै भएपनि फलदायी हुनेमा संघको विश्वास रहेको सुनाए । प्रतियोगिता नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आयोजना गरिएको जानकारी उनले दिए । प्रतियोगिता संचाललन सचिव इन्द्र तिमिल्सिनाले गरेका थिए ।
प्रतियोगितामा पुरुष एकल, पुरुष डबल, महिला एकल र डबल तर्फ प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिताको पुरुष एकल तर्फ प्रथम हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो र तेस्रोले समान १०÷१० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरुष डबल तर्फ प्रथम हुनेले ४० हजार रुपैयाँ, दोस्रोले २५ हजार र तेस्रोले २० हजार रुपैयाँ सहित उनीहरुले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिला एकल तर्फ प्रथम हुनेले १५ हजार रुपैयाँ, दोसो र तेस्रोले समान १०÷१० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला डबल्सको प्रथम हुनेले ३० हजार रुपैयाँ, दोस्रोले २० हजार रुपैयाँ तथा तेस्रो हुनेले १० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता गर्न करिब ४ लाख ४५ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।
previous post