Home » पोखरामा रातारात आयो बाढी ,यति धेरै घरहरु डुबानमा ,यसरी गर्यो प्रहरीले उद्दार – भिडियो सहित

पोखरामा रातारात आयो बाढी ,यति धेरै घरहरु डुबानमा ,यसरी गर्यो प्रहरीले उद्दार – भिडियो सहित

by Pokhara City

पोखरा । पोखरामा खोला थुनिएपछि सुइँखेत डुबानमा परेको छ । शुक्रबार साझबाट परेको अविरल वर्षाका कारण खोला थुनिदा पोखरा २५, हेमजाको सुइँखेत फाँट डुबानमा परेको हो ।

सुइँखेत खोलामा आएको ठूलो बाढीले निकास नपाउँदा फाँटका घरहरु डुबानमा परेका हुन् । उक्त डुबानमा परि १ सय ५० भन्दा बढी परिवार प्रभावित भएका छन्। डुबानका कारण प्रभावित भएका लाई सुरक्षित स्थानमा सारिएको पोखरा २५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले जानकारी दिए ।

सुइँखेतमा करिब १५ घर पहिरोले क्षति ग्रस्त भएका छन् भने २ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने पशु फार्ममा पनि क्षति पुगेको छ । पहिरोका कारण मानवीय क्षति हुन नपाएको तर स्थानीयले सञ्चालन गरेका पशु फार्मका दुई दर्जन बढी चौपायाहरू पुरिएको खबर प्राप्त भएको वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिए । खोला थुनिएर डुबान हुदा म्याग्दीचोकदेखि सुन्दरपुरी टोलसम्मको पूरै बस्ती नै जोखिममा परेको छ ।

यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खाेलाखेतमा रहेको एक घर पहिरोले आज एकाबिहानै बगाएको हो । पहिरोले घर बगाएर लगेपनि मानबीय क्षति भने हुन पाएको छैन । घरका मानिसहरु सुरक्षित रहे पनि पशु चौपायालाई भने स्थानीय बासिन्दाले उद्धार गरेका छन्।

You may also like