पोखरा ,असार १७ जिल्ला समन्वय समिती कास्कीको आयोजनामा जिल्लाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको पूर्ब युबा तथा खेलकुद मन्त्री एबम प्रतिनिधि सभा सदस्य जगत बिश्वकर्माले उद्घाटन गरेका थिए। उनले सुशासन,बिकास र समृद्धिको राष्ट्रिय अभिभारा पूरा गर्न सबै लागि पर्नु पर्ने भन्दै निर्बाचित जनप्रतिनिधि ,राष्ट्रसेवक कर्मचारी ,र जनताको एकीकृत प्रयासले मात्रै सो सम्भब हुने बताए। बिश्वकर्माले समृद्धिको नेतृत्व कास्किले गर्नु पर्ने भन्दै सो को लागि हरतरहले प्रयास केन्द्रित गर्न आग्रह गरे। कार्यक्रममा प्रतिनिधिसभा सदस्य बिद्या भट्टराई अधिकारीले बिकासका लागि प्रतिबद्धता र कार्यान्वयन महत्वपूर्ण हुने भन्दै बिगतमा बिकास निर्माणका काममा देखिएका कमजोरी सच्याउदै नयाँ कार्ययोजनाका साथ काममा खटिन आग्रह गरिन ।
प्रतिनिधि सभा सदस्य दूर्गा बि. क. ले जनप्रतिनिधि साझा भएको भन्दै बिकासमा राजनिती नगर्न जनप्रतिनिधिहरुलाइ सुझाव दिइन । उनले सबैको साझा एजेन्डा बिकास भएकोले त्यसैमा केन्द्रित हुन सबैलाइ आग्रह गरिन । गण्डकी प्रदेश सभाका उप सभामुख सृजना शर्माले गम्भीर समिक्षा सहित बिकासको काममा खटिन जनप्रतिनिधिहरुलाइ आग्रह गरिन। जिल्ला समन्वय समिती कास्किका प्रमुख लिलाधर पौडेलले जन अपेक्षा पूरा गर्न सबै पालिकाका प्रतिनिधि र राष्ट्रसेवक कर्मचारी लाग्न आग्रह गर्दै स्थानिय तह कास्किमा बेरुजु मुक्त पुर्ण समृद्ध जिल्ला निर्माणमा लाग्न आग्रह गरे। उनले अझै पनि केही पालिकाकाहरु आफ्नो कार्य सम्पादनको समिक्षामा तयार नहुनु बिकासप्रतीको अनुत्तरदायित्व भएको जिकिर गरे। कार्यक्रममा कास्कीका पालिकाहरु र बिषयगत कार्यालयहरुको तर्फबाट समीक्षा प्रतिबेदन प्रस्तुत गरिएको थियो । प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न समिक्षा कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गरेका थिए।