Home » पर्यटकीय बसपार्क उपत्यका नगरविकास समितिलाई हस्तान्तरण

पर्यटकीय बसपार्क उपत्यका नगरविकास समितिलाई हस्तान्तरण

by Pokhara City


पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिने
पोखरा, २२ असार

पोखरामा निर्माण भएको पर्यटकीय बसपार्क पर्यटन विभागले पोखरा उपत्यका नगरविकास समितिलाई हस्तान्तरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमको आयोना गरि विभागले बुधबार उपत्यका नगरविकास समितिलाई बसपार्क हस्तान्तरण गरेको हो ।
बसपार्कको स्वामित्व हस्तान्तरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय सहर पोखरामा पर्यटकीय बसपार्क निर्माणले पर्यटकीय क्षेत्रमा पक्कैपनि उत्साह थप्ने अपेक्षा प्रकट गरे । उपत्यका नगरविकास समिति र पोखरा महानगरले उक्त बसपार्कको सहि उपयोग गर्नेमा आफू विस्वस्त रहेको उनले बताए । पोखरावासीलाई बधाई दिँदै पोखरामा थप पर्यटकीय पूर्वाधार बन्ने र त्यसका लागि पोखरा महानगरपालिकासहित समग्र पर्यटनसम्बद्ध संस्थाहरुसंग मन्त्रालयले सहकार्य गर्ने उनको भनाई छ ।

पोखरा महानगरका प्रमुख एवं पोखरा उपत्यका नगरविकास समतिका अध्यक्ष धनराज आचार्यले १८ रोपनी क्षेत्रफलमा सुविधान सम्पन्न बसपार्क निर्माणगरि हस्तान्तरण गरेकोमा मन्त्रालय र पर्यटन विभागप्रति हार्दिक आभार प्रकट गरे । उनले पोखरा महानगरपालिकाले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको भन्दै यसका लागि संघीय सरकारको तर्फबाट थप सहयोग हुने अपेक्षा प्रकट गरे । उपत्यका नगरविकास समिति मार्फत पोखरा महानगरले पर्यटन बसपार्कको उपायोग गर्ने र सेवा दिने प्रमुख आचार्यले जानकारी दिएका छन् । स्वामित्व हस्तान्तरण कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव महेश न्यौपाने र पर्यटन विभाग तारानाथ अधिकारीको उपस्थिति रहेको थियो ।

बसापार्क निर्माणको जिम्मा पाएको निर्माण कम्पनी आशिष÷सिएम÷मिसन जेभीका डाइरेक्टर सान्तकुमार श्रेष्ठका अनुसार पर्यटकी बसपार्कमा ४० वटा पर्यटक बहाक वस आवतजावत गर्न सक्नेछन् । १० वटा माइक्रो बस, २० वटा ट्याक्सी पार्किङ गर्ने स्थल र केही कार समेत राख्ने स्थल छ । बसपार्कको दक्षिण पूर्वबाट बस प्रवेश गर्ने र दक्षिण पश्चिमबाट वस बाहिरिने व्यवस्था छ । बसपार्कको पश्चिम र पूर्वी भागमा दुबै तर्फ एक सय ३० मिटर लामा नाला (ढल) निर्माण भएका छन् । बसपार्कको बीचमा आकर्षक आइल्यान्ड गार्डेन बनेको छ । जहाँ पर्यटक ओर्लिएपछि एकैछिन् उत्तरी हिमाल तर्फको सिन लिँदै तस्बिर खिच्न पाउनेछन् ।

डिभाइडरमा समेत फूल रोपेर आकर्षक बनाइने छ । बसपार्कमा व्यवस्थित सौचायल, चमेना गृह लगायतका प्रयोजनका लागि भवन निर्माण भएको छ ।
पर्यटन विभागका निर्देशक तारानाथ अधिकारीका अनुसार ८ करोड ४५ लाख ८३ हजार रुपैयाँ लागतमा बसपार्क निर्माण भएको हो ।
पोखरा महानगर पालिका वडा नम्बर ७, राष्ट्रबैंक चोक नजिक निर्माण भएकोे आधुनिक पर्यटन बसपार्क निर्माणको सम्झौता २८ फागुन २०७५ मा भएको थियो । निर्माण कम्पनीका अनुसार दुई असोज २०७७ भित्र बसपार्क निर्माण सम्पन्न भएर हस्तान्तरण गर्ने सम्झौता हो । तर, कोरोना संक्रमणका कारण निर्माणमा केही ढिलाई भएको थियोे । बसपार्क सात हजार ९ सय बर्गमिटरमा बनेको छ ।

पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि प्रक्रिया अगाडि बढाइँदै
गण्डकी प्रदेशको राजधानी पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि पर्यटन मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ ।
पर्यटन मन्त्री जीवनराम श्रेष्ठले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि आगामी मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजाने तयारी गरेको जानकारी दिएका छन् ।

पर्यटकीय राजधानी घोषणा गर्नका लागि प्रक्रिया छिट्टो अगाडि बढाउनका लागि ध्यानाकर्षण गराउन मन्त्रालय पुगेका पोखरा महानगरका प्रमुख आचार्यलाई मन्त्री श्रेष्ठले यस्तो जानकारी दिएका हुन् । प्रमुख आचार्यले आफू र महानगरवासीले छिट्टै पर्यटकीय राजधानी घोषणा गर्ने संघीय सरकारको निर्णयको सुखद् जानकारी प्राप्त हुने बताए ।

‘पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि हामीले प्रक्रिया अगाडि बढाएका छौं । अबको क्याविनेटमा यो प्रस्ताव लिएर जाँदैछु भनेर मन्त्री ज्युले आस्वासान दिनुभएको छ । पक्कैपनि हामी पोखरावासीले सुखद् खबर सुन्न पाउने छौं’ मन्त्री श्रेष्ठलाई उदृत गर्दै प्रमुख आचार्यले भने ।

You may also like