असार २८, पोखरा
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले गण्डकी प्रदेश प्रहरी गण पोखराको निरीक्षण तथा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन गर्नुभएको छ ।
प्रहरी नायव महानिरीक्षक जोशीले उक्त कार्यालयमा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी, मेश, ब्यारेक, बिभिन्न शाखाहरु लगायतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी आचरण, सेवा प्रवाह र प्रभावकारिताका बिषयमा निर्देशन गर्नुभएको छ । निर्देशनका क्रममा प्रहरी नायव महानिरीक्षक जोशीले देशको परिस्थिति अनुरुप आइपर्न सक्ने जस्तोसुकै चुनौतीको सामना गर्न प्रहरी सदैव अग्रपंक्तिमा रही खटिनुपर्ने भएकाले प्रत्येक प्रहरी कर्मचारी शारीरिक तथा मानसिक रुपमा तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । प्रदेश प्रहरी प्रमुख जोशीले प्रहरी कर्मचारीहरु बाट हुने गैर जिम्मेवारिता र आचरण विपरितका कार्यमा क्षम्य नहुने बताउदै सम्पुर्ण प्रहरी कर्मचारीहरुले कार्य सम्पादनमा व्यबसायिकता प्रदर्शन गर्न निर्देशन गर्नुभयो ।
कार्यक्रममा कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक के।सी ले कार्यालयको प्रहरी गतिबिधिका विषयमा प्रहरी नायव महानिरीक्षक जोशीलाई जानकारी गराउनुभयो ।
previous post