पोखरा
मिति २०७९।०३।३१ गते अन्दाजी १४:०० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.८ न्यूरोड स्थित एक होटलमा नक्कली सुनको २ वटा बाला देखाई सक्कली हो भनी ठगी गर्न खोज्ने जिल्ला चितवन माडी न.पा. वडा नं.८ बसन्तपुर स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म।न।पा। वडा नं।४ रामकृष्ण टोल बस्ने वर्ष ३५ को धर्मेन्द्र खाती र जिल्ला स्याङ्जा अर्जुन चौपारी गा।पा। वडा नं.४ रापाकोट घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. १६ घर्मीखोला बस्ने वर्ष ४० को डिल बहादुर बि।क।लाई यस जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट आपराधिक षडयन्त्र सम्बन्धी कसुरमा दिन सात ९७० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको ।