पोखरा ।
पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा एक जना युवकको मृत्यु भएको छ ।
पोखराको दोबिल्लामा रहेको फुस्रे खोलामा पौडी खेल्ने क्रममा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका ४ घर भई हाल पाेखरा १७ दाेविल्ला मा बस्ने अन्दाजी २३/२४ वर्षीय बिमल गुरुङको मृत्यु भएको हो ।
फुस्रे खोलामा आज दिउसो ३:१० बजेको समयमा ५ जना साथिहरू मिलि पौडी खेल्न जादा गुरुङलाई खोलाले बगाएको हो । गुरुङलाई खोलाले बगाएको उनका साथीहरुले थाहा पाएपछि तत्काल प्रहरीलाइ खबर गरेका थिए । प्रहरीको टोलि आएपछि खोजि गर्दै जादा करिव १५ मिटर तल ३:५० बजेको समयमा गुरुङ्गको शव भेटिएको हो ।
मृतक गुरुङको शव कानुन बमोजिम मुचुल्का उठाई थप अनुसन्धान कार्य भइरहेको छ भने शवलाई पोस्टमार्टमका लागि गण्डकी हस्पिटल पठाएकाे कास्की प्रहरीले जानकारी दिएको छ ।