Home » १३ लाख जरिवाना फैसला भई फरार रहेका प्रतिबादी सालझण्डी प्रहरीद्वारा पक्राउ

१३ लाख जरिवाना फैसला भई फरार रहेका प्रतिबादी सालझण्डी प्रहरीद्वारा पक्राउ

by Pokhara City

रुपन्देही

उच्च अदालत पाटनको मिति २०७७ जेठ २६ गतेको फैसला अनुसार, मुद्दा नं ०७६–CB-१४१६, बैंकिङ कसूर मुद्धामा ४ दिन कैद र रु १३,२०,०००।( (तेह्र लाख बीस हजार) जरिवाना र जरिवाना बमोजिमको बिगो फैसला सजाय भई फरार रहेका प्रतिवादी जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. ११ घर भई हाल जिल्ला काठमाडौँ टोखा नगरपालिका वडा नं. १६ बस्ने बर्ष ३४ को कृष्ण बहादुर शाहीलाई ईलाका प्रहरी कार्यालय सालझण्डीवाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी अधिकृत सहितको टोलीले खोजतलास गर्दै जाने क्रममा मिति २०७९।०४।०८ गते जिल्ला रुपन्देही सैनामैना नगरपालिका दुधराक्ष स्थितबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ।
कृष्ण बहादुर शाहिले मिति २०७५ चैत्र ०५ गते NCC वैंक लिमिटेड काठमाडौंमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी पीडितलाई रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला मिति २०७७ जेठ २६ गते गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको प्रहरीले बताएको छ।

You may also like