पोखरा
मिति २०७९।०४।१५ गते अं.१७ः५० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.२५ हेम्जा स्थित पोखरा बाग्लुङ सडक खण्डमा पोखराबाट हेम्जा तर्फ जाँदै गरेको ग १७ प १९७० नं. को मो.सा.लाई ग १ क ५१५२ नं. को ट्रकले ठक्कर दिंदा मो.सा.मा अचानक आगलागी भएको भन्ने सूचना प्राप्त हुनसाथ व.प्र.का. बगरबाट प्र.नि.महेश कुमार आचार्यको कमाण्डमा ट्राफिक सहित ९ जनाको टोली खटि गई मो.सा. चालक जिल्ला कास्की माछापूच्छ्रे गा.पा. वडा नं.४ लाहाचोक बस्ने वर्ष २७ को नवराज नेपालीको शरीरको जली घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको, ट्रक चालक जिल्ला कास्की पोखरा म.न.पा.२५ लाम्पाटा बस्ने वर्ष २४ को किरण बुढा मगर, व.प्र.का. बगरको नियन्त्रणमा रहेको, ट्रकमा सवार ट्रकको साहू पोखरा म.न.पा. २५ हेम्जा बस्ने वर्ष ४१ को क्षेत्र बहादुर कुँवर समेत आगो निभाउने क्रममा जलेर सामान्य घाईते भई उपचारार्थ सोही अस्पताल पठाएको, दुबै हात र दुबै खुट्टा जलेको, उक्त ट्रक र मो.सा. जि.ट्रा.प्र.का. कास्कीको नियन्त्रणमा रहेको जनाएको छ।