मिति २०७९।०४।१५ गतेदेखी परेको अविरल वर्षाको कारण भएको क्षतिको विवरण
१. मिति २०७९।०४।१६ गते अं। ००स्५५ बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ६ डिहिगोपाटन, पधेंरो बस्ने लक्ष्मी खड्का क्षेत्रीको घरको पछाडी पहिरो आई घरको कोठा भत्किएको भन्ने सूचना प्राप्त हुनसाथ तत्काल व.प्र.का. बैदामबाट प्र.नि. हरी पौडेलको कमाण्ड १० जना र थप मद्दतको लागि जि।प्र।का। कास्कीबाट प्र।ना।उ। सुन्दर तिवारीको कमाण्डमा १५ जना र सशस्त्र प्रहरी बल कालिका गणबाट स।प्र।नि।उमेश ढकालको कमाण्डमा १५ जनाको टोलीले खटिई गई उद्धार गरी उक्त कोठामा डेरा गरि बस्ने जिल्ला कास्की माछापूच्छ्रे गा.पा. वडा नं.१ भुर्जुङखोला, तातो पानी घर भएकी वर्ष २७ की सुनिता सुनार घाईते अवस्थामा उद्धार गरी उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएको ९अवस्था मध्यम रहेको०, निजको छोरी वर्ष १० की सिम्रन सुनारको शकुशल उद्धार गरिएको, निजको भाइ अन्दाजी वर्ष २६ को सन्तोष सुनार पहिरोले पुरिएको अवस्थामा उद्धार गरी अस्पताल पठाएकोमा डाक्टरले मृत घोषणा गरेको ।
२. मिति २०७९।०४।१५ गते राति परेको अविरल वर्षाको कारणले जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २५ एक्वार भिर स्थितमा माथिबाट पहिरो आउँदा हेम्जाबाट लाचोक, घाचोक जाने पक्की सडक अवरोध भएको उक्त स्थानमा अ.प्र.पो. हेम्जाबाट प्र.स.नि. प्रेम थापाको कमाण्डमा प्रहरी टोली खटिई गई बाटो खुलाउने प्रयास भई रहेको ।
