Home » नवजात शिशुलाई आमाको दुध सवैभन्दा ठूलो पोषण–थापा

नवजात शिशुलाई आमाको दुध सवैभन्दा ठूलो पोषण–थापा

by Pokhara City

असार १७,पोखरा

विश्व स्तनपान दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम गरिरहेको जोन्टा क्लव अफ पोखराको आयोजनामा मंगलबार लेकसाइडस्थित तालबाराही माविमा स्तनपान सम्वन्धी शिक्षा र समर्थन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै वडा नम्बर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले जोन्टा क्लवले समय सान्दर्भिक कार्य गरेको भन्दै अभियानको प्रसंसा गर्नुभयो । वडा भवन निर्माणको चरणमा रहेको जानकारी दिंदै अब बन्ने भवनमा सुरक्षित स्तनपानका लागि छुट्टै कक्षको निर्माण गरिने बताउनुभयो ।

कार्यक्रममा स्त्री तथा प्रसुती बरिष्ठ रोग विशेषज्ञ डा.चन्द्रिका पण्डितले महिलाले सुत्केरी हुनुपुर्व र भएपछि गर्नुपर्ने शारीरिक अभ्यासका बारेमा प्रशिक्षण दिनुभएको थियो । त्यस्तै, आहार तथा पोषण परामर्कदाता विद्या रघुनादन कायस्थले सुत्केरी महिला र नवजात शिशुलाई दिनुपर्ने सन्तुलित भोजनका विषयमा प्रकाश पार्नुभएको थियो । फिजियोथेरापी शुभा कोईरालाले गर्भवती र सुत्केरी अवस्थामा महिलाले गर्नु पर्ने व्यायामका विषयमा सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै जोण्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापाले नवजात शिशुलाई आमाको दुध सवैभन्दा ठूलो पोषण भएको उल्लेख गर्नुभयो । उहाँले क्लवका गतिविधीबारे अवगत गराउँदै व्यवसायिक महिलाहरुको पैरवी र सेवाको माध्यमबाट विश्वभरिका महिलाहरुको सशक्तिकरण गर्ने क्लवको उद्येश्य रहेको प्रष्ट पार्नुभयो ।

You may also like