पोखरा, ५ भाद्र
तमु आदिवासी जनजातिको साँस्कृतिक पुनरुत्थानको अभियान अन्र्तगत तमु समुदायमा जडिबुटिको महत्व र अन्तरपुस्ता ज्ञान हस्तास्तरण सम्बन्धी कार्यक्रम पोखरामा शुरु भएको छ।
राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चद्धारा अन्तराष्ट्रिय आदिवासी महिला मञ्चको सहयोगमा पोखरा नँयाबजारस्थित चारभञ्ज्याङ तमु समाज पोखरामा आयोजित दुई दिने तालिमको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले उद्घाटन गर्नुभयो।
शुभकामना व्यक्त गर्नुहुदै तमु धिं अध्यक्ष हुमबहादुर गुरुङले तमु आदिवासीको पहिचान, हिजोको पुस्ताको मौलिक ज्ञान सिप, मौलिकता आउदो पुस्तालाई ज्ञान हस्तान्तरण कार्यक्रमले सहभागीहरुका निम्ति अति नै उपलब्धिमुलक हुने बताउनुभयो। हामी किन आदिवासी हौं, हामीलाई किन तमु(गुरुङ) भनिएको हो, हाम्रा अग्रजहरुको ज्ञान के थियो र कसरी पुस्ताहस्तन्तरण गर्न सक्छौं भन्ने बारेमा दुईदिने तालिम महत्वपुर्ण हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका अध्यक्ष सोनी लामाले संस्थाको बारेमा जानकारी दिनुहुदै विगतदेखिको गतिविधीका साथै दुईदिने तालिमको बारेमा जानकारी गराउनुभएको थियो।
यसरी नै कार्यक्रमको संयोजक बिन्ती गुरुङले तमु किशोरीहरुमा साँस्कृतिक पुनरुत्थान अति नै आवाश्यकता देखिएकाले तमु समुदायमा जडिबुटिको महत्व र अन्तरपुस्ता ज्ञान हस्तास्तरण सम्बन्धी कार्यक्रम आयोजना गरिएकोमा कास्की, स्याङ्जा, तनहु, लमजुङ, गोर्खा, पर्वत लगायतको जिल्लाबाट तमु किशोरीहरुको तालिममा सहभागिता रहेको बताउनुभयो।
तालिमको पहिलो दिन सहजकर्ता कमल राईले आदिवासी जनजातिका ज्ञान, सिपका साथै पुस्ताहस्तान्तरणका बारेमा, पच्यु होमन गुरुङले तमु संस्कार सँस्कृतिका साथै जैविकताको बारेमा सहजीकरण गर्नुभएको थियो।
previous post