Home » सृजना आलोक लोकार्पण

सृजना आलोक लोकार्पण

by Pokhara City

पोखरा
साहित्य शृङ्खला पोखराको २३९ नियमित रचना वाचन तथा सृजना आलोक शृङ्खलाको लोकार्पण सम्पन्न भएको छ। सृजना आलोक शृङ्खलाको १७औ अङ्क को समीक्षा गर्दै साहित्य शृङ्खलाका संस्थापक संयोजक स्ट्रगल रानाले शृङ्खलाले यहाँसम्मको यात्रामा धेरै उतारचढाव झेलेको छ।अझै अगाडि बढाउनको लागि हामीले धेरै मिहेनत गर्ने बाँकी रहेको बताउनुभयो।

उक्त कार्यक्रममा लक्ष्मी प्रसाद पौडेल, इन्द्र राना प्रतिक, शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष सुमनराज पौडेल ,माधव खतिवडा, नारायण परिश्रमी, भीम रानाभाट विष्णु अल्पविराम , सर्वज्ञ श्रेष्ठ ,यादव चन्द्र भुर्तेल ,सन्तोष न्यौपाने, लक्ष्मी थापा, विकास लुङ्गेली ,नुमराज बराल,विष्णु सापकोटा,माधवी विष्ट आदिले रचना वाचन गर्नुभएको थियो।

उक्त कार्यक्रममा संस्थाका सल्लाहाकार प्रा। डा।रविलाल अधिकारीले आफ्नो बिचार राख्दै साहित्य सानोतिनो साधनाले सृजना हुन नसक्ने हुँदा अध्ययन र साधनामा जुटी आफ्नो लेखनलाई माझ्न सबै कलमजीवीलाई आव्हान गर्नुभयो।

कार्यक्रम संस्थाका कोषाध्यक्ष लक्ष्मण गौतम हिमालीको अध्यक्षतामा भएको थियो भने सचिव काजी गाउँलेले सञ्चालन गर्नुभएको थियो।


You may also like