पोखरा, ९ भदौ
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज २०७९ को अवसर पारि पोखरा महानगरपालिका १ स्थित पुरानो टुडिखेलमा शुक्रबार अर्थात १० भदौदेखि ऐतिहासिक तीज मेला सुरु हुदैछ ।
इन्द्रेणी एकिकृत विकास केन्द्र, पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा हुने मेला आउदो १६ भदौसम्म चल्नेछ् ।
मेलाको गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बराल जिवनले उद्घाटन गर्नेछन् । उद्घाटन पुर्व मेला स्थल पुरानो टुडिखेलबाट बिभिन्न जात जाति, आमा समुह, संघ सस्था, स्थानीय सहभागी झाकी सहितका र्र्याली पुनः मेला स्थलमा आएर उद्घाटन शत्रमा परिणत हुनेछ ।
प्रबेश नि शुल्क रहेको मेलामा मौलिक तीजगीत प्रतियोगिता, तीज गृहणी नृत्य, विद्यालय स्तरीय लोक नृत्य, गण्डकी प्रदेश स्तरिय छेलो लगायतका प्रतियोगिताहरु हुने आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए । यसै गरि मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा, रेष्टुरेन्ट लगायत विभिन्न स्टलहरु सगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सगै वाल उद्यान समेत रहनेछ ।
अध्यक्ष अधिकारीका अनुसार नेपाली कला संस्कृतीको संरक्षण गर्नु मेलाको मुख्यम उदेश्य रहेको बताए । यसै गरि केन्द्रले पोखरा १ स्थित गाईघाट क्षेत्रमा निमार्ण गदै गरेको कृयापुत्री भबन निमार्णका लागि आर्थिक सहयोग जुटाउने उदेश्य समेत मेलाको रहेको अधिकारीले जानकारी दिए ।
नेपाली मौलिक कला र सस्कृतीलाई जगेर्ना गदै करिव दुई दशक अघिदेखि केन्द्रले तीज गीत प्रतियोगिता आयोजना गर्दै आएको केन्द्रका उपाध्यक्ष निरज विक्रम राणले जानकारी दिए । राणाका अनुसार केन्द्रले तीन वर्षअघि ०७६ सालमा पहिलो पटक तिजमेला आयोजना गरेको थियो । केरोनाका कारण गएको दुईवर्ष हुन नसकेकोको मेलालाई यसवर्षदेखी निरन्तरता दिन लागेको उनले जानकारी दिए ।