Home » स्थापना दिवसको अवसरमा बिशाल सहकारीद्धारा रक्तदान कार्यक्रम

स्थापना दिवसको अवसरमा बिशाल सहकारीद्धारा रक्तदान कार्यक्रम

by Pokhara City

पोखरा । पाेखरा ४ बुद्ध बिशाल बजारमा रहेकाे बिशाल बचत तथा ऋण सहकारी सस्थाको २३ अाै स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४५ युनिट रगत सकंलन भएको छ ।

बिशाल बचत तथा ऋण सहकारी सस्थाँको स्वास्थ्य उप समिति स‌याेजनमा आयोजित रक्तदान कार्यक्रममा वोल्दै बिशाल बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष भुवन नेम्कुलले सहकारीले विभिन्न समयमा सामाजिक उतर दाहित्वका कामहरु गरिरहेको बताउदै रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरीएको बताए।

सहकारीका उपाध्यक्ष शिव शर्माले  सामाजिक उतरदायित्व अन्तरगत सहकारीले आफ्नो स्थापना दिवसकाे अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको बताए । कार्यक्रममा सहकारीका स्वास्थ्य उप समिति स‌याेजक बुद्धी पाैडेल सहकारीकी सचिव तारा पराजुली पाैडेल लगाएतले रक्तदान कार्यक्रमकाे बारेमा बाेलेका थिए ।

कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गरीएको थियो । उक्त अवसरमा सहकारी सस्थाको २३ अाै स्थापना दिवसको अवसरमा केक समेत काटिएकाे थियाे । कार्यक्रममा रक्त संचार केन्द्र पोखराको प्राविधिक टोलिले आवस्यक सामाग्री सहीत विशेष सयोग गरेको थियो ।

You may also like