Home » सिक्स ए.एम. ले मनायो तिज वृद्ध तथा बाल आश्रममा

सिक्स ए.एम. ले मनायो तिज वृद्ध तथा बाल आश्रममा

by Pokhara City

सुमन जिसी
लेखनाथ, ११ भाद्र ।

पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको श्री कृष्ण प्रणामी मन्दिर वृद्ध तथा बाल आश्रममा फुटबल टिम सिक्स ए.एम.ले दर खुवाएर तिज मनाएको छ ।
पोखरा महानगरपालिका वडा नं. १० मिलन टोलमा विगत १० वर्ष अगाडी बाट स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ स्थापना भएको सिक्स ए.एम. क्लवले हिन्दुनारीहरूको महान पर्व हरितालिका तिज तथा बाबुको मुख हेर्ने दिन पारेर वृद्ध तथा बाल बालिकाहरुलाई दर खुवाउने कार्यक्रम सम्मान गरेको छ ।
खेलकुदका सँग सगै सामाजिक कार्यमा समेत यूवाहरुको भुमिका महत्वपूर्ण हुने साथै यूवाहरुमा पनि वृद्ध प्रति सकारातमक सोच र व्यवहारको विकास गराउन यस किसिमको कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने क्लवका अध्यक्ष दिपेन्द्रप्रताप चन्द्रले बताएका थिए ।

You may also like