Home » चित्रकला प्रतियोतामा श्रेया राइ भइन प्रथम

चित्रकला प्रतियोतामा श्रेया राइ भइन प्रथम

by Pokhara City

पोखरा

तस्विरः खिमकाजी
१५औ पुस्तकालय दिवस २०७९ को अवसरमा पोखरा सार्बजनिक पुस्तकालय तथा अमेरिकन कर्नरको आयोजनामा जिल्ला बिद्यालय स्तरीय खुल्ला चित्रकला प्रतियोगिता सम्पन भएको छ । उक्त प्रतियोगितामा २२ बिद्यालयका ६३ जनाले भाग लिएका थिय । चित्रकला प्रतियोगितामा प्रथम हुन सफल गण्डकी बोर्डिंग स्कुल कि श्रेया राइले नगद रु ७००० तथा प्रमाण पत्र प्राप्त गर्न सफल भइन । त्यसैगरी मदरल्यान्ड बोर्डिंग स्कुलका कपिल राज गाहाले बनाएको चित्र दोश्रो हुन् पुग्यो । उनले नगद रु ५००० र प्रमाणपत्र प्राप्त गर्न सफल भए । बेसलाइन बोर्डिंग स्कुलकि छात्रा श्रेया गुरुङको चित्रले तृतीय स्थान हालिस गर्न सफल भयो । उनले नगद रु ४००० र प्रमाणपत्र प्राप्त गर्न सफल भइन । न्यु मोडल बोर्डिंग स्कुल कि सजितु थापा र कुमिदिनी होम्स बोर्डिंग स्कुल कि अश्विना पालिखेले सान्त्वना पुरस्कार पाउन सफल भए । उनिहरुले नगर रु २००० र प्रमाणपत्र प्राप्त गरे । कार्यक्रमका मुख्य अथिति पोखरा महानगर पालिकाका वडा अध्यक्ष दिपेन्द्र मर्शानीले बिजेताहरु तथा सम्पूर्ण प्रतिस्पर्धी बिद्यार्थीहरुलाइ प्रमाणपत्र वितरण गरेका थिय । भने पोसापुका अध्यक्ष प्रा डा बिश्व श्रेष्ठले नगद पुरस्कार वितरण गरेका थिय । चित्रकलाको मूल्यांकन तथा उत्कृट चित्रकला निर्णायक सयोजक चित्रकार द्वय शिर्जनशिल कलाकार समुहका उपाध्यक्ष दल बहादुर गुरुङ र कोषाध्यक्ष झबिन्द्र गुरुङ रहेका थिय । पोखरा सार्बजनिक पुसकालयका अध्यक्ष प्रा डा बिश्व श्रेष्टको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमका सन्चालन लाब्रेरियन सुर्य क्षेत्री सरले गर्नु भएको थियो ।

You may also like