Home » पुरानो टुडिखेलमा तीज मेला जारी मंगलबार १८ हजार दर्शकले गरे अवलोकन बुधबार चर्चित र्यापर लाउरेले टुडिखेल तताउने

पुरानो टुडिखेलमा तीज मेला जारी मंगलबार १८ हजार दर्शकले गरे अवलोकन बुधबार चर्चित र्यापर लाउरेले टुडिखेल तताउने

by Pokhara City

पोखरा, १४ भदौ
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा १ स्थित पुरानो टुडिखेलमा ऐतिहासिक तीज मेला २०७९ पाचौ दिन मंगलबारसम्म जारी छ ।
नेपाली कला संस्कृतीको संरक्षण गर्ने उदेश्य सहित इन्द्रेणी एकिकृत विकास केन्द्र, पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा शुक्रबार देखि सुरु मेला १६ भदौसम्म संचालन हुनेछ ।


पाचौ दिनसम्म आईपुग्दा मेला अवलोकन गर्नेहरुको भिड दिन प्रतिदिन बढ्दै गईरहेको छ । मंगलवार मात्र मेला अवलोकनका लागि १८ हजारको हाराहारीमा दर्शकहरु आएका आयोजक संस्थाका कार्यसमिति सदस्य दुर्गादत्त अधिकारीले जानकारी दिए । दर्शकका कारण मेला स्थलमा दिनभर भिडभाड रहेको थियो भने मेला स्थलमा रहेका स्टलहरुमा सामान किन्नेहरुको बाक्लो भिड लागेको थियो । वाल उद्यानमा रमाउनेहरुको संख्या समेत बाक्लो रहेको थियो । साझ पख परेको वर्षको समेत प्रवाह नगरिकन दर्शकहरु पानीमा भिजेर नाच गानमा सहभागी हुदै मनरोञ्जन लिएका भएका थिए ।
मेलामा आमा समुह स्तरीय मौलिक तीजगीत प्रतियोगिता, खुल्ला तीज गृहिणी नृत्य प्रतियोगिता, र अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता समेत जारी रहेका छन् । मंगलबार विभिन्न समुहले आ आफनो प्रस्तुती दिएका आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए । प्रतियोगिता बुधबार र बिहिबार समेत जारी रहने छन् । बुधबार गण्डकी प्रदेश स्तरीय छेलो प्रतियोगिता समेत हुनेछ ।

मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा लगायतका विभिन्न स्टलहरु सगै रेष्टुरेन्ट र वाल उद्यान समेत रहेको छ । यस्का साथै मेलामा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत जारी छ ।
बुधबार चर्चित र्यापर लाउरेले टुडिखेल तताउने
शुक्रबारदेखी सुरु मेलामा बुधबार साँझ चर्चित र्यापर आशिष राना अर्थात लाउरेले आफनो प्रस्तुती दिनेछन् । लाउरेले आफना आधादर्जन चर्चित गित मार्फत दर्शकलाई मनोरञ्जन दिने छन् । मेलामा प्रवेश निशुल्क रहेपनि लाहुरेको कार्यक्रम भने सशुल्क रहेको आयोजकले जानकारी दिएका छन् । बुधबार लाउरेको प्रस्तुती अघि सन्तोष वस्याल, शिवहरी ढुङाना, जुना शिरिष मगर लगायतका कालाकारहरुले आ आफनो प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिने छन् ।

You may also like