तुलसी राम सुवेदी, १५ भाद्र
भाद्र शुक्ल तृतियाका दिन मनाईने नेपाली नारीहरुको महान पर्व हरितालिका तिज को अवसरमा पोखरा १० रामघाट स्थित शिव मन्दिर गितामन्दिर परिसरमा बृहत तिजगित प्रतियोगिता सम्पन्न भयो ।
हरेक बर्ष तिज कै दिनमा यस स्थानमा तिजगित प्रतियोगिता हुने गर्दछ । कोभिड १९, कोरोना भाईरसका कारण केहि बर्ष सम्पन्न हुन नसकेको तिजगित प्रतियोगिता यस पटक गिताशान्ति मार्ग महिला समूहको आयोजनामा सम्पन्न भएको हो ।
छोटो समय ,एक साताको तयारीले प्रतियोगिता सम्पन्न गरिएको र अन्तिम अवस्था सम्म कोभिड १९ को पछिल्लो भेरियन्टले त्रसित रहेको अवस्था साथै बिबिध चुनौतीका बाबजुत पनि कार्यक्रम सम्पन्न गर्न सफल भएको आयोजक संस्थाकी अध्यक्ष शान्ति सुवेदीले बताईन ।
कुल १८ समूहको सहभागिता रहेको प्रतियोगितामा हेम्जा कामधेनु महिला कृषक समुह प्रथम हुन सफल भयो । बिजयी समुहलाई रु १५००० नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै ईन्जिनियरीड. कलेज समुह दोस्रो , संजिवनी नारी समुह बैदाम तेस्रो र अमरसिंह दिदीबहिनी समुह सान्त्वना भएका थिए । त्यस्तै उत्कृष्ठ भेषभुषमा सिद्धाश्रम शक्ति केन्द्र र उत्कृष्ट दर्शक नृत्यमा रमिला साकीले पुरस्कार प्राप्त गरे । त्यस्तै वालिका नृत्य प्रोत्साहन पुरस्कार सबिज्ञा घिमिरेले प्राप्त गरिन ।
रामघाट क्षेत्र पोखरा कै एक प्रशिद्ध धामिक तथा एैतिहांसीक स्थल पनि हो । यस स्थानमा पौराणिक काल देखि नै समुह समुहमा तिज गित गाउने प्रचलन रहेकोमा केहि बर्ष देखि प्रतियागितात्मक रुपमा नै कार्यक्रमको आयोजना हुदै आएको छ ।
कार्यक्रमका लागि समाजसेवी बिरेन्द्र बहादुर कार्किले आजिवन प्रथम पुरस्कार रु १५,००० , शिवालय मन्दिर ब्ययस्थापन समितिले आजिवन दोस्रो पुरस्कार रु १०,०००, गिताअध्ययन मण्डल गितामन्दिर बाट आजिवन तृतीय पुरस्कार रु ७,५००, तथा डा.केशव शर्मा ÷ डा.बिनिता कोईराला शर्मा बाट आजिवन तृतीय पुरस्कार रु ७,५००, प्रदान गरिएकोे छ । त्यस्तै प्रतियोगितामा सान्त्वना हुने समुहलाई रु ३५०० ,र उत्कृष्ट भेषभुषामा रु १५०० पुरस्कार प्रादान गरिएको छ । त्यस्तै उत्कृष्ट दर्शक नृत्य हुनेलाई साडी प्रदान गरिएको थियो ।
साथै तिज, बिशेष महिलाहरुको पर्व भएको र यो संस्कृतीलाई जिवन्त राख्नका लागि युवा पिडींहरुले यस्लाई अनुसरण गर्न जरुरी भएको महशुस गरी समाजसेवी तथा संचारकर्मी सगरमाथा टेलिभिजनका गण्डकी संवादाता पोखरा १० रामघाट निवासी तुलसीराम सुवेदीले यस पटक देखि बालिका नृत्य प्रेत्साहन पुरस्कार रु ११११ प्रदान गरेका छन ।
संस्थाकी अध्यक्ष शान्ति सुवेदीको सभापतित्वमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि आजिबन प्रथम पुरस्कारदाता सरिता कार्की रहेकी थिईन भने अधिवक्ता तथा कलाकार दुर्गा कोईरालाले कार्यक्रम संचालन सहित निर्णायकको भुमिका निभाएका थिए ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष मन्जु भण्डारीले स्वागत मन्तब्य राखेकी थिईन भने संस्थापक अध्यक्ष निर्मला कार्की भण्डारीले समग्र कार्यक्रमका बारेमा जानाकारी गराएकी थिईन ।
कार्यक्रममा नेपाली कांग्रेस वडा नं १० का सभापती दिपक बहादुर कार्की, नेकपा एमाले वडा नं १० का अध्यक्ष सुर्य बानिया , आजिवन पुरस्कार दाता समाजसेवी डा. बिनिता कोईराला लगायत ले शुभकामना दिएका थिए ।
साथै कार्यक्रममा ८० बर्ष नाघेका जेष्ठ नागरिक तथा क्भ्भ् परिक्षा उत्र्रिण संस्थाका सदस्यका बाबुनानीहरुलाई सम्मान समेत गरिएको थियो ।