Home » पुरानो टुडिखेलको तीज मेला सम्पन्न तीज गितमा सफल उद्यमी महिला समुह प्रथम

पुरानो टुडिखेलको तीज मेला सम्पन्न तीज गितमा सफल उद्यमी महिला समुह प्रथम

by Pokhara City

पोखरा, १८ भदौ
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा १ स्थित पुरानो टुडिखेलमा आयोजना गरिएको ऐतिहासिक तीज मेला २०७९ सम्पन्न भएको छ । १० भदौदेखि जारि मेला १६ गतेसम्म आयोजना गर्ने भनीएकोमा अवधि एक दिन थप गरिएको मेल शुक्रबार साझ सम्पन्न भएको थियो ।
नेपाली कला संस्कृतीको संरक्षण गर्ने उदेश्य सहित इन्द्रेणी एकिकृत विकास केन्द्र, पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा आयोजना गरिएको मेलामा विभिन्न प्रतियोगिताहरु समेत आयोजना गरिएको थियो ।

मेलामा आयोजना गरिएको आमा समुह स्तरीय मौलिक तीजगीत प्रतियोगितामा सफल उद्यमी महिला समुह पोखरा २५ प्रथम हुदै नगद ३५ हजार १०१, नमुना आमा समुह पोखरा १ दोस्रो हुदै नगद २० हजार १०१, माछापुच्छ्रे सेवा समाज पोखरा २५तेस्रो हुदै १० हजार १०१, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस लामाचौर र राष्ट्रिय मावि महिला समुह सान्तवना हुदै नगद पाँच पाच हजार, अभियान आमा समुह पोखरा १ र सक्षम अभियान नेपालले उत्कृष्ट भेषभुषा वापत तीन तीन हजार, अनुश्रीया लामिछानेले उत्कृष्ट नृत्यतर्फको नगद तीन हजार पुरस्कार हात पारे ।

खुल्ला तीज गृहिणी एकल नृत्य प्रतियोगितामा दिपा क्षेत्री प्रथम हुदै नगद १० हजार एक, पद्मा पौडेल दोस्रो हुदै नगद सात हजार एक र लक्ष्मी वास्तोला तेस्रो हुदै नगद पाँच हजार एक पुरस्कार पाईन ।

अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा अञ्जुली बोडिङ स्कुल प्रथम हुदै नगद १० हजार एक, मनकामना बोडिङ स्कुल दोस्रो हुदै नगद सात हजार एक, पोखरा आदर्श बोडिङ स्कुल तेस्रो हुदै नगद पाँच हजार एक, राष्ट्रिय मावि, हेमजाबोर्डिङ र संस्कृत माविले सान्तवना स्थान हात पादै नगद तीन तीन हजार, ज्ञानुवावा बोर्डिङ स्कुुलले उत्कृष्ट भेषभुषा वापत नगद तीन हजार पुरस्कार पाए ।

गण्डकी प्रदेश स्तरीय छेलो प्रतियोगितामा किरण सुनार प्रथम हुदै नगद १२ हजार एक, रोहित सुना दोस्रो हुदै सात हजार एक र राजेश गुरुङ तेस्रो हुदै नगद पाँच हजार एक पुरस्कार पाए ।

समापन कार्यक्रममा मोतिमान शाक्य र महिला उद्यमी तीर्थमाया जोशीलाई सम्मान गरिएको थियो ।
यस अघि मेला उद्घाटन पुर्व १० गते निकालएिको प्रभातफेरीमा उत्कृष्ट झाँकी तर्फ ज्ञानुबाबा मावि, भेषभुषामा क्षेत्रि समाज महिला इकाई पोखरा १ र नेवाः मिस पुचः पोखरा १ अनुशासित घोषित हुदै पुरस्कृत भएका थिए ।

आठ दिनसम्म चलेको मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा लगायतका विभिन्न स्टलहरु सगै रेष्टुरेन्ट र वाल उद्यान सगै दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहेको थियो ।

आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीको अध्यक्षतामा सम्पन्न मेला समापन समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सभा सदस्य गायत्री गुरुङ, संविधान सभा सदस्य सारदा पौडेल, तेजकुमारी पौडेल, वेटर होम एप्लिकेसनका सेल्स प्रमुख उपेन्द्र गप्ता, अन्नपुर्ण केवलकारका निर्देशक तिर्थराज त्रिपाठी, पोखरा १ का अध्यक्ष सहारा प्रधान, पोखरा २ का अध्यक्ष दिवशमान प्रधानाङ, आयोजक केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली लगायतले विजेता समुह सगै खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

You may also like