Home » १२ नम्बर वडाको १०० दिन (फ्रि एम्बुलेन्स सुविधादेखि सितलादेवी मन्दिरमा महाआरती सुरुवात)

१२ नम्बर वडाको १०० दिन (फ्रि एम्बुलेन्स सुविधादेखि सितलादेवी मन्दिरमा महाआरती सुरुवात)

by Pokhara City

पोखरा ।
स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको १०० दिन पूरा भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले १०० दिनका उपलब्धि सार्वजनिक गरेका छन् ।

बास्तोलाले निर्वाचित भएको पहिलो दिनदेखि यताका १०० दिनमा गरेका कार्यहरु सार्वजनिक गरेका हुन् । १०० दिने उपलब्धिमा वडामा फ्रि एमबुलेन्स सुविधा, सितलादेवी मन्दिरमा महाआरतीको सुरुवात र ज्येष्ठ नागरिकसँगका कार्यक्रमसहित १९ बुँदा समावेश छ । वडाध्यक्ष बास्तोलाले वडाले १०० दिनमा उल्लेख्य कार्य गरेको दाबी गरे । उनले वडाले जनसरोकारसँग जोडिएको कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए ।

वडाध्यक्ष बास्तोलाका अनुसार वडाको कार्यालय स्तरोन्नती गरी वडाको बजेट स्केल बढाउनुका साथै वडामा दुईवटा बिजुलीका ट्रान्सफर जडान गरीएको,विभिन्न समयमा तालिमहरु प्रदान गरिएको, १८९ वर्ष पुरानो सितलादेवी मन्दिरमा पुणर््िामाको दिनमा महाआरती सुरुवात गरीएको वताए ।
वडाध्यक्ष बास्तोलाका अनुसार वडालाई एप्स मार्फत सुचारु गर्ने कार्य अन्तिम चरणमा पुग्नुको साथै वडाको सुचना प्रविधिको माध्यमबाट जनतालाई पु¥याउने कार्य गरिएको र अफिसको लागि सि.सि क्यामेरा जडानको सुरुवात गरिएको,वडा कार्यालयमा फ्रि वाईफाइ लागु भएको तथा सार्वजनिक स्थानमा फ्रि वाईफाईको प्रक्रिया अगाडि बढाईएको बताए ।

वडा कार्यलयले वडाका कृषकहरुलाई कम्पोष्ट मल बनाउने विन वितरण गरिएको,अशक्त,सुत्केरीको घरमा सेवा दिने कार्यको सुरुवात गरिएको साथै ग्रिन बेल्ट निर्माण कार्यको सुरुवात गरेको छ । वडाले वडा भित्र फ्रि एमबुलेन्सको सुविधा दिएको र गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृतिमा अध्यापन गराएको समेत वडाध्यक्ष बास्तोलाले बताए ।

सामुदायिका विद्यालयमा फोहोर वर्गीकरण सम्वन्धि तालिम प्रदान गरिएको,टोलटोलमा स्ट्रिट नं राख्ने कार्य प्रारम्भ भएको, लालीगुराँस शान्ति टोललाई खेलकुद सामाग्री वितरण गरिनुको साथै ८० वर्ष माथिका बृद्धहरुलाई घरघरमा पुगेर स्वास्थ्य उपचार गर्ने कार्यका लागि सम्बन्धित निकायसँग सम्झौता गरिएको वडा कार्यालयले जनाएको छ .

You may also like