Home » मानव सेवा आश्रम छोरेपाटनमा गोरखा मिलन समाज पोखराको सहयोग

मानव सेवा आश्रम छोरेपाटनमा गोरखा मिलन समाज पोखराको सहयोग

by Pokhara City

पोखरा
आफ्नो स्थापनाको २३ औं बर्षगाँठमा गोरखा मिलन समाज पोखराले छोरेपाटनमा रहेको मानव सेवा आश्रमलाई खाद्य सामाग्री सहयोग गरेको छ । भाद्र २० गते समाज स्थापनाको दिन पारेर समाजका अध्यक्ष कपिल पोखरेल सहितको पदाधिकारीहरुले आश्रमलाई सामाग्री हस्तान्तरण गरेका हुन् । करिब २० हजार मुल्य बराबरका खाद्यसामाग्री आश्रमकी अभियान्ता सम्झना बास्तोला तथा अभिभवक सोभा गौतमलाई समाजका अध्यक्ष कपिल पोखरेलले हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रमा बोल्दै आश्रमकी अभियान्ता सम्झना बास्तोलाले गोरखा मिलन समाज पोखराले गरेकोे सहयोगलाई धन्यवाद दिदै यस्ता सहयोगी हातहरु निरन्तर आउने अपेक्षा गर्नुभयो । उहाँले हाल मानव सेवा आश्रममा ६३ जना महिलाहरु र ६ जना काम गर्नेहरु बस्दै आएको बताउँदै सबैको सहयोगले आश्रम चल्दै आएको बताउनुभयो । गोरखा मिलन समाजका अध्यक्ष कपिल पोखरेलले समाजको तर्फबाट आफैले रकम उठाएर सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै यस्ता सहयोगहरु फेरी पनि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मानव सेवा आश्रम सहयोग कार्यक्रमको संयोजन समाजकी सह कोषाध्यक्ष गीता खनालले गर्नुभएको थियो भने समाजले आफ्नो स्थापनाको २३ औं बर्षको अवसर पारेर समाजले हरेक बर्ष बिभिन्न ठाउँमा सहयोग गर्दै आएको छ । गत बर्ष पोखराको बात्स्यान बृद्धाआश्रममा न्यानो कपडा बितरण गरेको थियो । मानव सेवा आश्रम लगतै पोखरा राष्ट्रबैंकको मझेरी फूडमा समाजको कार्यसमिति, पूर्व अध्यक्ष, पदाधिकारी सहितको पूर्ण बैठक सम्पन्न भएको छ । भाद्र २५ गते शनिबार हुने अधिवेशनको पूर्व तयारीको अवसरमा भएको बैठकमा सबै पूर्व अध्यक्ष, पदाधिकारीहरुले आफ्नो आफ्नो धारणा प्रस्तुत गरेका थिए । महासचिव र कोषाध्यक्षको प्रतिवेशन समेत बैठकले सुझाब सहित पारित गरेको छ । अब २५ गते हुने अधिवेशनमा उक्त प्रतिवेदन छलफलका लागी सभामा पेश हुनेछ ।

You may also like