पोखरा,२१ भदौ
दुई दशकदेखि न्युजिल्याण्डमा व्यवसाय गर्दै आउनु भएका समाजसेवी तमु धिं न्युजिल्याण्डका अध्यक्ष केश गुरुङलाई पोखरामा तमु धिं नेपाल र तमु९गुरुङ०कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिले स्वागत गरेकोछ।
घरबिदामा पोखरा आउनुभएका अध्यक्ष गुरुङलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष सुवेदार मेजर श्रीप्रसाद गुरुङ, प्रथम उपाध्यक्ष गीमाया गुरुङ लगायतले तमु धिं नेपालको तर्फबाट क्रेगी, खादा लगाइदिदै तमु धिंको प्रकाशन तमु सुँबाट स्वागत गरेको हो। यसरी नै कलाकार संघका गण्डकी अध्यक्ष सुरेन्द्र गुरुङ, उपाध्यक्ष विक्रम गुरुङ, महासचिव टसबहादुर गुरुङ लगायतले भाङ्ग्रा,क्रेगी,खादा,बुके,मायाको चिनो लगायतबाट अध्यक्ष गुरुङलाई स्वागत गर्नुभएको थियो।
विदेशमा रहेर पनि तमु समुदायको एकता, सामुहिकता, समुदायगत पहिचानका साथै राष्ट्रियताको संरक्षण र विकासका लागि भुमिका निर्वाह गर्नुभएका तमु धिं न्युजिल्याण्डका अध्यक्ष गुरुङलाई नेपाल आगमनको क्रममा संस्थागत सम्बन्धका लागि तमु धिं नेपाल र तमु कलाकार संघ गण्डकीले स्वागत एवम् भेटघाट कार्यक्रम गरेको हो।
कार्यक्रममा तमु धिं न्युजिल्याण्डका अध्यक्ष केश गुरुङले नेपाल आगमनमा व्यस्तताको विचमा आमन्त्रण गरी स्वागत सम्मान गरेकोमा तमु धिं नेपाल र तमु कलाकार संघलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले तमु धिं न्युजिल्याण्डको बारेमा जानकारी गराउनुहुदै आगामी दिनमा तमु धिं नेपाल, तमु कलाकार संघ गण्डकीसँग संस्थागत सहकार्य हुने बताउनुभयो। उक्त अवसरमा तमु धिं नेपाललाई २५ हजार रुपैया र तमु कलाकार संघलाई २०० डलर सहयोग प्रदान गर्नुभएको थियो।
कार्यक्रममा तमु धि नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र तमु कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले संस्थागत परिचयका साथै संस्थागत सम्बन्ध र सहकार्यको लागि भनाई राख्दै तमु धिं न्युजिल्याण्डका अध्यक्ष गुरुङको नेपाल बसाई र न्युजिल्याण्ड यात्राको सुखद रहोस भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो।
previous post