Home » सूचनाको हक पोखरा महानगर सञ्जालले वडा भित्रका टोल–टोलमा उपसमिति गठन गर्ने

सूचनाको हक पोखरा महानगर सञ्जालले वडा भित्रका टोल–टोलमा उपसमिति गठन गर्ने

by Pokhara City

पोखरा, २५ भदौ

सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्की अन्तरगत रहेको पोखरा महानगर सञ्जालले पोखराका ३३ वटै वडाका टोल–टोलमा उपसमिति विस्तार गर्ने भएको छ । सूचनाको हक पोखरा महानगर सञ्जालको शुक्रबार बसेको पहिलो बैठकले वडालगाएत टोल–टोलमा उपसमिति विस्तार गर्ने निर्णय गरेको समितिका सचिव सागर कार्कीले जानकारी दिए ।

आम नागरिक सुसुचित हुन पाउने अधिकारलाई महानगर सञ्जालले घरघरमा सचेतना जगाउन पनि महानगर समितिले यस्तो निर्णय गरेको पोखरा महानगर समितिका अध्यक्ष अनिल थापाले बताए ।

त्यस्तै सञ्जालको पहिलो बैठकले दिपक आचार्य, यदुनाथ बञ्जारा र रेशम खड्कालाई सल्लाहकारमा चयन समेत गरेको छ ।

You may also like