पोखरा, २५ भदौ ।
गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारणमन्त्री मन्त्री चन्द्र बुढामगर ( सागर ) ले आजका विद्यार्थीहरु भोलिको देशको नेतृत्वकर्ता भएको बताएका छन् ।
नेपाल मगर विद्यार्थी संघ कास्कीको १९ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री बुढाले आजको विद्यार्थीहरु भोलिको देशको नेतृत्वकर्ता भएको बताएका हुन् ।
‘आजको विद्यार्थीहरु विभिन्न तहमा क्रियाशिल छन्’ उनले भने ‘अब देशको नेतृत्व गर्न राजनीतिक, प्रशासन क्षेत्रबाट विद्यार्थीहरु देशको नेतृत्व गर्न आउनेछन् ।’
मगर लगायत अन्य आदिवासी जनजाति समुदायहरु एक जुट नभएको बताउदै पहिचानको मुद्धा सेलाएको मन्त्री बुढाको टिप्पणी छ ।
‘विभिन्न तहमा मगर तथा आदिवासीहरुको मुद्धाले स्थान पाएको छैन, तमुुवानको मुद्धामा मगरहरुले अग्रसता देखाउन नसक्दा सिङ्गो आदिवासीको मुल मुद्धाले स्थान पाउन सकेन ।’ उनले भने ।
उनले आन्दोलनका स्वरुप परिवर्तन गर्दै अब शिक्षामा अग्रसता देखाउँदै राज्य सञ्चालन क्षेत्रमा प्रवेश गर्न मगर तथा आदिवासीहरु आवश्यक रहेको बताए ।
‘हामीले भन्दै आएको निशुुल्क शिक्षा अहिले महङ्गी शिक्षा भइरहेको छ । हामीले विभिन्न आन्दोलन गर्योै तर कार्यान्वयन हुन सकेन, मन्त्री बुढामगरले भने, ‘त्यसैले अबका विद्यार्थीहरुले राज्य संचालनको विभिन्न भुुमिका गर्दै यस शिक्षा नीति बदल्न विद्यार्थीहरुको भुमिका रहुनपर्छ ।’
कार्यक्रममा नेपाल विद्यार्थी संघका गण्डकी प्रदेश अध्यक्ष विष्णुु आलेले मगर पहिचानको संरक्षण गर्न विद्यार्थीहरु अग्रसर बन्न आग्रह गरे ।
‘पछिल्लो समय मगरका भाषा संस्कृति लगायत पहिचान लोपउन्मुख छ’ उनले भने ‘अब विद्यार्थीहरुले आफ्नो भाषा सस्कृति र पहिचानको संरक्षण गर्न भावी पुस्तातरण गर्न सजिलो हुुनेछ ।’
नेपाल मगर विद्यार्थी संघ कास्कीको १९ औं जिल्ला अधिवेशनले नयाँ समिति समेत चयन गरेको छ ।