लेखनाथ÷भदौ ३०
अमरज्योति गाउँफर्क माध्यामिक विद्यालय पोखरा २६ जल्धारेमा विहिबार अभिभावक भेला सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिति गठन गर्ने उद्देश्यले भएको भेलाबाट सुर्य प्रकाश बञ्जरा, विष्णुमाया तिमिल्सेना र तुलसी प्रसाद भण्डारी सदस्य चयन भएका छन् ।
शिक्षा नियमाबलीमा अभिभावक भेलाबाट छनौट भएका एक महिला सहित तीन जना, वडा शिक्षा समितिले मनोनित गरेका दुईजना, शिक्षक अभिभावक संघको प्रतिनिधि, स्थानीय वडापालिकाका अध्यक्ष वा तोकिएको प्रतिनिधि सहितको विद्यालय व्यवस्थापन समिति गठन हुने व्यवस्था रहेको छ ।
अभिभावकहरुको भेलालाई सम्वोधन गर्दै, पोखरा महानगरपालिका वडा नंं २६ का वडाध्यक्ष नरेन्द्र थापाले सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाएर शिक्षाको गुणस्तर सुधार गर्न जोड दिए । अध्यक्ष थापाले पछिल्लो समय गुणस्तरिय शिक्षा दिएका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको चाप बढ्दै गएको उल्लेख गरे । वडासदस्य सुदीपराज ढुंगानाले शिक्षा क्षेत्रको सुधारका लागि अभिभावक उत्तरदायी र शिक्षकहरु जवाफदेखी हुनु पर्नेमा जोड दिए ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रतिनिधि विश्वराज आचार्यको संयोजकत्वमा भएको भेलामा वडासदस्यहरु तिर्थबहादुर राजभाट, लक्ष्मीदेवी भट्टराई, नेपाली काग्रेस वडा नंं २६ इकाई सभापति शिबबहादुर रानाभाट, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष झलकपाणी तिवारी, विद्यालयका प्रधानाध्यापक दामोदर सापकोटा र शिक्षक मनोहरी भण्डारीले विद्यालय सुधारका विषयमा बोलेका थिए ।
previous post