Home » पर्यटकीय क्षेत्रको सुधारवाट मात्रै पर्यटकको आर्कषण वढ्छः मन्त्री खड्का

पर्यटकीय क्षेत्रको सुधारवाट मात्रै पर्यटकको आर्कषण वढ्छः मन्त्री खड्का

by Pokhara City

शिशिर

पोखरा ०२ असोज

पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफामा गण्डकी प्रदेश सरकारको सहयोगमा वृहत विकास परियोजना शुरु भएको छ ।

सामुदायिक विद्यालय तर्फ नेपालकै पहिलो नमुना विद्यालय विन्ध्यवासिनी माध्यमिक विद्यालय, वाटुलेचौरको संरक्षण तथा व्यवस्थापनमा संचालित महेन्द्र गुफामा विद्यालयले तयार पारेको व्यवस्थित विकासको गुरुयोजना अनुरुप एक वर्षभित्र सक्ने गरी विभिन्न योजना समेटिएको परियोजना शुरु भएको हो । महेन्द्र गुफा परिसर सुधार तथा विभिन्न पुर्वाधारहरुको निर्माण कार्यको आइतवार एक कार्यक्रमका विच गण्डकी प्रदेशका भौतिक पुर्वाधार, शहरी विकास एवं यातायात व्यवस्था मन्त्री कुमार खड्काले शिलान्यास गर्नुभयो । कार्यक्रममा वोल्दै मन्त्री खड्काले पोखराभित्र रहेका विभिन्न पर्यटकीय क्षेत्रलाई एक आपसमा जोड्ने गरी योजना वनाउनु पर्नेमा जोड दिनुभयो । पोखरा पर्यटनको राजधानी भएको वताउदै मन्त्री खड्काले पर्यटकीय क्षेत्रको सुधारवाट मात्रै आर्कषण वढाउन सकिने स्पष्ट पार्नुभयो । उहाँले पोखरा १६ मा रहेका पर्यटकीय क्षेत्रलाई लक्षित गरी तीन पाङ्गे्र सवारी चलाउने विषयमा छलफल भैरहेको समेत वताउनु भयो ।

पुर्वाधार कार्यालयका प्रमुख ई डा. महेन्द्र वानियाँले परियोजनाको वारेमा जानकारी दिदै प्राकृतिक गुफाको अस्तित्वलाई वचाएर यसको सौन्र्दयकरण गर्नुपर्ने वताउनुभयो । शहरी विकास तथा भवन कार्यालयका सिनीयर डि ई सोभियत खड्काले परियोजना सम्पन्न भएपछि महेन्द्र गुफामा पर्यटकको थप आर्कषण वढ्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा कुमारी अधिकारी थापाले महेन्द्र गुफा र चमेरे गुफाको व्यवस्थित विकास गर्न विद्यालयले गुरुयोजना तथार पारेको र सो अनुरुप कार्य शुरु भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले निर्माणमा समन्वय गर्न आफुहरु तयार रहेको वताउदै, समयमै गुणस्तरीय कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा ठेकेदार कम्पनी लुना विल्डर्सका ईन्जिनीयर व्रह्म कुमार श्रेष्ठ, महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्टराई लगायतले वोल्नुभएको थियो । समितिका अध्यक्ष चन्द्रा कुमारी अधिकारी थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विन्ध्यवासिनी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक राम व. वानियाँले गर्नुभएको थियो ।

आगामी एक वर्षभित्र सम्पन्न हुने परियोजना अन्र्तगत जमिन सम्याउने, गन्र्धव संग्रालय, म्युजियम, एम्पिथियटर हल, एसेम्वली हल, मेज र गार्डने निर्माण हुने शहरी विकास तथा भवन कार्यालयले जनाएको छ । उक्त कार्यका लागी लुना विल्डर्स एण्ड कन्ट्याक्टर प्रा लिले ८ करोड ५६ लाखमा सम्झौंता गरी काम शुरु गरेको वताईएको छ ।

You may also like